तुलसीराम पाण्डे
अहिले समग्र देश स्ववियू निर्वाचनको वपरिपरी चलेको भान राजनीतिमा थोरै भएपनि चासो राख्ने मानिसलाई भएको छ । त्यसकारण प्रत्येकले हुन लागेको निर्वाचनलाई आफ्नो पक्षमा पार्ने विपक्षीलाई हराउने विश्लेषण गर्ने र आगामी भूमिका खोज्ने र कसले जित्छ भनेर भविष्यवाणी गर्ने गरेर एकअर्कामा हरेक ठाउँमा बहस भईरहेको पाइन्छ । तर, यसको स्थापना, पृष्ठभूमी र इतिहास अहिलेका विद्यार्थीहरुमध्ये कमैलाई थाहा होला । त्यसकारण यो पंक्तिकार त्यसको केही जानकारीको लागि कलम चलाउने प्रयास गरेको छु ।
२००७ सालमा प्रजातन्त्र आउनुभन्दा पहिला ‘जयतु संस्कृतम’भन्ने आन्दोलन चलेको थियो । त्यसलाई राणाहरुले दबाए । १९९७ सालमा बनाईएका २ जना शहिदहरु पनि विद्यार्थी नै थिए र १ जना कर्मचारी थिए । २००४ सालमा विद्यार्थीहरुकै बलमा नेपाली कांग्रेसले सत्याग्रह ग¥यो । त्यसलाई राणाहरुले बेसरी दमन गरे । नेपाली कांग्रेसले नीति परिवर्तन गरि अब सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट राणालाई फाल्न नसकिने भनेर शसस्त्र आन्दोलन गर्ने नीति लियो । त्यसको बलमा कतै शसस्त्र र कतै शान्तिपूर्ण रुपमा आन्दोलन भयो र २००७ सालमा प्रजातन्त्रको स्थापना भयो । तर नेपाली जनताको दुर्भाग्य हो वा वि.पि.को प्रजातान्त्रिक आँखाले राणालाई पनि प्रजातन्त्रवादी देखे त्यसको खोजविन हुँदै गर्ला । राणा, राजा र कांग्रेसले गरेको दिल्लीको मध्यस्थतामा प्रजातन्त्र आएपनि उनै श्री ३ मोहन शम्सेर नै प्रजातन्त्रको पहिलो प्रधानमन्त्री बने ।
त्यसपछि नयाँ दल खोल्ने क्रम बढ्यो । सवै दलले विद्यार्थीको पनि संगठन बनाउँदै गए । जनतामा प्रजातन्त्रको चेतना फैलदै गयो । २०१५ सालमा पहिलो आम निर्वाचन भयो १०९ सिट मध्ये ७४ नेपाली कांग्रेसले जित्यो । ४ सिट कम्युनिष्ट र १६ सिट गोरखा परिषदले जितेको थियो । वि.पि. कोइराला प्रधानमन्त्री बने र तिव्र रुपमा देश विकास गर्न लागे । २०१७ साल पौष १ गते राजा महेन्द्रबाट संसदलाई बर्खास्त गरी पंचायत व्यवस्थाको घोषणा गरे । ७० जना सांसद तत्कालै पंचायतमा प्रवेश गरे जसमा डा. तुलसी गिरी पहिलो थिए । अन्य भुमिगत भएभने वि.पि. जेल चलान भए ।
पंचायती व्यवस्था लागु भएपनि सवैलाई जेल हाल्न सम्भव थिएन । त्यसैले विद्यार्थीहरुले आफ्नो गतिविधिहरु बढाउदै लगे र त्यसमा राजनैतिक दलले पनि भूमिगत रुपमा सघाउँदै गए । त्यसको फलस्वरुप पंचायतको कुनै संगठन नभएको हुनाले पंचायत टिकाउन र विद्यार्थिको मागलाई संवोधन गर्न २०२२ सालमा पंचायतले विद्यार्थी संगठन खोल्न र क्याम्पसमा मात्र आफ्नो गतिविधि गर्न पाउने नीतिगत रुपमा संबोधन ग¥यो र विद्यार्थी संगठन खोल्न अनुमति दियो । सरकारको तर्फबाट नै चुनाव गराउने जिम्मा लिने र २÷२ वर्षमा स्ववियुको चुनाव हुने भयो । केहि क्याम्पसमा सवै विद्यार्थीसँग छलफल गरेर निर्विरोध रुपमा साझा स्ववियु बनाइयो । केहिमा भने प्रजातान्त्रिक विद्यार्थी धेरै भएको हुनाले चुनाव हुनुपर्ने माग भयो र निर्वाचनको तालिका प्रकाशित भयो । पंचहरुले ‘नेपाल राष्ट्रवादी विद्यार्थी मण्डल’ भनेर आफ्नो विद्यार्थी संगठन खोलेका थिए । त्यस समयमा निर्वाचन स्वतन्त्र हुने कुरा सम्भव नभएको विद्यार्थीहरुले बुझेका थिए । चुनावको तालिका प्रकाशित भएसँगै कसरी चुनाव जित्ने भन्ने सवैमा भयो । पंचहरुले अन्य विद्यार्थी संगठनलाई उम्मेदवारी दिनै नदिने तयारी गरेभने अनेरास्ववियु र नेवि संघले ज्यान गएपनि जावस उम्मेदवारी दिने तयारी गरे । पंचायत नै भएपनि नीति बनाउँदा क्याम्पस भित्र बोलेको आधारमा गिरफ्तार नगर्ने र क्याम्पसको परिसर भित्र प्रहरी प्रवेश कुनै हालतमा नहुने नीति बनेछ । आवश्यक परेमा क्याम्पस प्रमुखले लिखित रुपमा बोलाएमा मात्र प्रहरी जाने भयो । प्रहरीले सुरक्षा दिने मत्र काम हुने भयो । उम्मेदवारी दर्ताको दिन पहिले ‘मण्डले’हरुले उम्मेदवारी दिएपछि अरुलाई उम्मेदवारी दर्ता गर्न रोक्न खोज्दा अनेरास्ववियु र नेवि संघले जसरी पनि उम्मेदवारी दिने आँट गरेको हुँदो धेरै क्याम्पसमा ठूलो लडाई हुन्थ्यो र एउटा संगठनले अर्को संगठनको समर्थक विद्यार्थीलवाई कुट्थे । कहिले काही एक हप्ता पहिले देखि वा निर्वाचनको तालिका प्रकाशित भएपछि अर्को संगठनको विद्यार्थीलाई कुटेर आफुले चुनाव जित्ने गर्थे । त्यस समयमा अनेरास्ववियु र नेवि संघको पनि मिलेमतो थिएन । त्यसकारण धेरै क्याम्पसमा ‘मण्डले’हरुले चुनाव जित्थे । जहाँ जहाँ लडेर र मण्डलेलाई जितेर उम्मेदवारी दर्ता गर्न सक्यो त्यहाँ त्यहाँ प्रगतिशिलत समुहले चुनाव जित्थ्यो । त्यसरी क्रमिक रुपमा मण्डलेहरुले चुनाव हार्दै र प्रगतिशिलहरुले जित्दै गए । २०३३ सालमा वि.पि. कोइराला मेलमिलापको नीति लिएर नेपाल आए । नेपाली जनतामा फेरी प्रजातन्त्रको उत्साह आयो । दलहरुको गतिविधि बढ्न थालेको देखेर विपिलाई जेल हालियो । विद्यार्थीको भने सक्रियता बढ्दै गयो । त्यसै समयमा पाकिस्तानमा जुल्फीकर अलि झुट्टोलाई प्रजातन्त्रको माग गरेको आरोपमा फाँसीको सजाए भयो । त्यसको विरोधमा नेपाली विद्यार्थीहरु ज्ञापनपत्र बुझाउन पाकिस्तानी दुतावासमा जाँदा नेपाल सरकारले व्यापक दमन ग¥यो । विद्यार्थीमा आक्रोश फैलियो । अब चुप लागेर नबस्ने विद्यार्थीहरुले निधो गरे र क्याम्पस क्याम्पसमा आन्दोलन गर्ने र सम्भव भएसम्म सडकमा समेत अगाडी बढ्ने र आन्दोलन चर्काउने निधो गरे । उपत्यकाभरी आन्दोलन फैलियो भने त्यहाँका विद्यार्थीहरुले बाहिरका आन्दोलन नभएका क्याम्पसहरुमा चुरा डोरी र टिका उपहार पठाइदिए र आन्दोलन गर्न उक्साए । ३४÷३५ सालभरी आन्दोलन चलिरह्यो । आन्दोलनलाई शान्त पार्न राजनैतिक रुपमा सम्बोधन गर्ने कुरा राजाबाट महशुस भयो र २०३६ साल जेठमा निर्दल र बहुदलको लागि जनमत सग्रह गरियो । पञ्चायतलाई टिकाउन राजा र पञ्चहरुले सत्ता र शक्तिको व्यापक रुपमा दुरुपयोग गरे । परिणात स्वरुप बहुदल चाहनेको हार भयोभने पञ्चात रहनु पर्दछ भन्नेहरुको जित भयो । कुल खसेको मतमध्ये ४÷६ बहुदलको पक्षामा आयो भने ५४% निर्दल वा पञ्चायतको पक्षमा आयो । मतदान गर्दा त्यस समयमा नेपालका अधिकांश जनता निरक्षर भएको हुनाले बहुदल चाहनेले ‘निलो’मा छाप लाउने र पञ्चायत चाहनेले पहेलोमा छाप लगाउने भनेर चुनाव चिन्ह बनाइयो । जनमत संग्रहको परिणाम जस्तो आएपनि बहुदल चाहने विद्यार्थीहरु र नेपाली जनतामा आत्मवल बढ्दै गयो । २०३६ को स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसहरुमा चुनाव भयो । प्रगतिशिलहरुले चुनाव तिजे । हारेको ठाउँमा अर्को पटक कसरी जित्ने भन्ने तयारी गरिरहे । यसैगरी नयाँ क्याम्पसहरु पनि खुल्दै गए र निर्वाचन नभएको ठाउँमा पनि क्रमश हुँदै गयो । त्यसक्रममा २०३६ देखि २०५० सालसम्म अनेरास्ववियुले देशमा अधिकांश क्याम्पसहरुमा कब्जा जमाएको थियो । जसको प्रभाव अहिलेको कर्मचारीतन्त्रमा परेको छ भने २०५४ को स्थानिय निर्वाचनमा त्यसको प्रभाव देखिएको थियो । जनमत संग्रहपछि धेरैजसो मा.वि.मा पनि विद्यार्थीहरुले गोप्यमा आफ्ना इकाइहरु निर्माण गरेका थिए । दलहरुले भने सहकारीको रुपमा आफ्नो गतिविधि बढाएका थिए । भूमिगत रुपमा दलहरुले संगठन विस्तारगर्दै लगेका थिए । यसै क्रममा यो पंक्तिकार पनि हर्मिचौरमा विमा पढ्दा २०४४ सालमा रेडक्रसको पदाधिकारी चुन्नको लागि गरिएको निर्वाचनमा भाग लिएर विजयी भएको थियो । २०४६ मा प्रजातन्त्रको पुर्नवहाली पछि अनेरास्ववियुको एसियाका प्रगतिशिल विद्यार्थीहरुको संगठन ब्क्ज्ब् को अध्यक्षता प्राप्त गरेको थियो । जसको अध्यक्षमा तुलबहादुर गुरुङ थिए । अहिले देशको परिस्थिती फेरीएको छ । विद्यार्थीको भुमिका बदलिएको छ । प्रविधिको विकासले विश्वलाई साँघुरो बनाएको छ । सवैलाई स्वार्थी बनाएको छ । सवैलाई योगदान शुन्य र सुविधाभोगी बनाएको छ । यस्तै परिस्थितिमा विद्यार्थिहरुले आफुलाई कुन रुपमा प्रस्तुत गर्दछ हेर्न बाँकी छ । स्वार्थी भन्नाले यो पंक्तिकारले गरेको विश्लेषण प्रस्तुत गर्दछु ।
अहिले नेपाली समाजमा ४ प्रकारका तहहरु देखा परेका छन्ः–
पहिलो तहः नेता र व्यापारीहरु हुन् । उनीहरुमा एउटाले अर्कोलाई जसरी पनि उपभोग मात्र गर्ने र देश जनता र कानुन जतासुकै जावस त्यसको मतलव नगरी जसरी भएपनि फाइदा मात्र लिने ।
दोस्रो तहः उनै नेता र व्यापारीका आसेपासेहरु हुन् । उनीहरुलाई सहित र गलत कुराको ज्ञान भएपनि प्रतिवाद नगर्ने र हजुर हस् र नमस्कार मात्र गर्ने र भक्ति मात्र गरिरहने । तेस्रो तहः संचारकर्मी, अधिकारकर्मी, सामाजिक संघसंस्था र गैह्र सरकारी संस्थाहरु हुन् । ति संस्थाहरु पनि व्यक्ति–व्यक्ति मिलेर बनेको हुँदा फाइदा नहुने ठाउँमा नजाने नबोल्ने र नलेख्ने गरिएको छ । हुँदा हुँदा पत्रकारको चुनावमा समेत दलले सिफारिस गरेर मात्र प्रतिनिधि पठाउने क्रम रोकिएको छैन । कुनै दलको पत्रकार कुन दलको अधिकारकर्मी भन्ने छाप जनतामा समेत परिरहेको छ ।
चौथो तह भनेको श्रमजीवि वर्गहरु हुन् । जसलाई कुनै सरकार आउनु र जानुमा कुुनै मतलब छैन । केवल आफ्नो गुजारा सजिलोसँग चलाउन पाएमा मात्र खुसी देखिन्छन् । राजनैतिक चेतना नभएको हुँदा जसले धेरै लोभ देखायो उसैलाई भोट दिने र एक दिन भएपनि रमाउने गर्दछन् ।
अहिलेको निर्वाचनमा जसले विजयको माला पहिरे पनि बदलिएको परिवेशमा दलको भातृ संगठन मात्र नबनी आफ्नो दलको नेता र सरकारलाई देश विकास र सुशासनको लागि घचघचाउन र विदेश पलायन भइरहेको युवाशक्तिलाई रोक्ने नीति निर्माण लाग्न सकेमा मात्र विजयको टिका चम्कीरहनेछ ।
Previous Articleस्थानिय तहको संख्या बढाउन सिफारिस
Next Article स्ववियु निर्वाचनको लागि उम्मेदवारी दर्ता