बागलुङ, ४ फागुन/जिल्ला खेलकुद विकास समिति बागलुङद्वारा क्षेत्र नम्बर २ मा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज गलकोटको हटियामा सम्पन्न भएको छ । माद्यामिक बिद्यालय स्तरिय भलिबल प्रतियोगितामामा न्यु लाईफ आवसिय माद्यामिक बिद्यालय हरिचौर प्रथम, दुदिलाभाटी ईङलिस बोडिङ स्कुल द्धितिय र चौराह माद्यामिक बिद्यालय दुदिलाभाटी तृतिय भएका छन । बिजेता तिनै समुह आगामि फागुन ९ गते जिल्लामा हुने प्रतियोगितामा सहभागी हुने जिल्ला भलिबल संद्य बागलुङका अध्यक्ष यम श्रीसले बताए । भलिबलसंगै अन्य खेलकूद कार्यक्रम समेत सञ्चालन गरिएको छ । जसअन्गर्त आज १ सय मिटर रिले, ४ ईन्टु ४ सय मिटर रिले, ८ सय मिटर छात्र छात्रा डौद सम्पन्न भएको छ । ३ हजार मिटर छात्र दौड प्रतियोगितामा सारदा माबि बाटकाचौरका प्रवेश चुदारा प्रथम, चौराह माबिका मिलन श्रीस द्धितिय र गलकोट मोडनाईज्ड एकेडेमी हरिचौरका तुफान सापकोटा तृतिय भएका छन् । यस्तै ३ सय मिटर छात्रा दौडमा पृथ्बी माबि हरिचौरकी लक्ष्मी कार्की प्रथम, न्युलाईफ आवसिय माबि हरिचौरकी सपना खत्री द्धितिय र र शिब मावि काँडेबासकी सरिता सुनार तृतिय भएका छन् । त्यसै गरि छात्र सटपुट प्रतियोगीतमा गलकोट माबिका अनील गन्र्धब प्रथम, नेपाल माबि ताराका अर्जुन बिक द्धितिय र पृथ्बी माबि हरिचौरका राजन श्रीपाली तृतिय भएका छन् । छात्रा सटपुट प्रतियोगितामा नवप्रभात स्कुल हटियाकी बिपना प्रथम, सरस्बती माबिका आशा नेपाली द्धितिय र न्युलाईफ आवसिय माबि हरिचौरकी सुक्ष्मा खत्री तृतिय भएकी छन् । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका सदस्य राहुल बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Previous Articleकर्मचारीको संघको साधारणसभा
Next Article सुन्तलाबाट एउटै गाउँमा दुई करोड