म्याग्दी, ४ फागुन/स्थानीय निकाय कर्मचारी संघ म्याग्दीको तेस्रो साधारण सभा तथा अधिवेशन मंगलबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले जिविसका सूचना अधिकारी पदम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा ई. बिमलरञ्जन कार्की, सचिवमा बेदनाथ सुवेदी, कोषाध्यक्षमा देवी केसी र सहसचिवमा निर्मला सुवेदी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा हरी आचार्य, गोपाल थापामगर, अमृत नेपाली, रेनुका बज्राचार्य, प्रभा शर्मा, राधा खत्री, लिलाधर गैरे, कौशीलादेवी (देवी) जिसी रहेका छन् । संघका निवर्तमान अध्यक्ष हरिकृष्ण आचार्यको अध्यक्षता र केन्द्रिय सदस्य राजेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा सचिव कृष्ण बानीयाले प्रगती र कोषाध्यक्ष रत्नबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले स्थानीय निकायका कर्मचारीहरुलाई बिभेद गरिएको भन्दै जारी आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।