म्याग्दी, ४ फागुन/जिल्लाको कुहुँ–५ पैयूपाटामा तीनबर्ष आफन्तले बेपत्ता बनाएकी एक बालिकाको अझै पत्ता लाग्न सकेको छैन् । २०७० पुष १९ विहान काका कर्णबहादुर किसानले खोकीको औषधी र कपडा किनिदिन्छु भन्दै ९ महिनाको उमेरमा बेपत्ता बनाएका सुमित्रा किसानलाई परिवारको खोजीकार्य गरेपनि अझै पत्ता लाग्न सकेको छैन् । घरको आँगनमा खेलिरहेको अवस्थामा खोकी लागेको भन्दै औषधी र आवश्यक लत्ता कपडा खरिद गर्ने बाहना बनाएर बेपत्ता पारेका कर्णबहादुरको खोजीकार्यमा प्रहरीले समेत प्रयास गरेपनि सफल नभएपछि छोरीलाई फेला पार्ने आशामा तीनबर्ष वितिसकेको सुमित्राकी बुबा ताराबहादुर किसानले बताए । ‘छोरीको सम्झनामै दिन वितेको छ । प्रहरीलाई खोजीकार्यमा सहयोग गर्न अनुरोध गर्दछु’ किसानले बेनीअनलाइनलाई भने । उनले छोरीलाई बेपत्ता बनाउने योजना बनाएर समेत बताए । तारा बहादुरका काइलो दाईको छोरा कर्णबहादुरले विगतमा समेत बालबच्चाहरुसंग घुलमिल हुने गरेको थियो । अपराधिक मानसिकता भएको कर्णबहादुरको खोजीकार्यमा प्रहरीले नेपालभित्रका विभिन्न स्थानका पुगेपनि कुनैपत्ता नलागेपछि फर्किएलगत्तै खोजी कार्यमा चासो देखाएको छैन । बालिका चोरीमा संलग्न भएका कर्णबहादुर एकदशक पछि घर फर्किएका थिए । आर्थिक अवस्था कमजोर रहेको किसानका एक छोरा र तिन छोरी छन् । गाउँ फर्किएको बेलामा धेरै छोरी किन आवश्यकता भन्दै प्रश्न गर्ने गरेको समेत पीडितको भनाई छ । बाल्यकाल देखिनै महिलाको पहिरनमा हिड्न रुचाउने, पुरुष भन्दा महिलासँग हिड्ने, मेला महोत्सवमा महिलालाई आर्कर्षित गर्न खोज्ने, बालबालिका सँग बढि घुलमिल हुने स्वभावको रहेको कर्णबहादुरबाट बालिकालाई सुरक्षित घर फर्काउने प्रहरीमार्फत खोजीकार्य सुरु गर्नुपर्ने नरसिंह प्राविकी प्रअ सुस्मिता बस्यालले बताईन् । ‘परिवारले अझैपनि खोजीकार्यमा आशाबादी देखिएका छन् । घरबाट खोजीकार्यमा जाने अवस्था छैन’ उनले भनिन् । बालिका बेपत्ता भएलगत्तै प्रहरीले सुरु गरेको खोजीकार्यको क्रममा पाल्पामा महिलाको भेषमा बसेको थाहा पाएपछि त्यहाँबाट समेत फरार भएको भएको प्रहरीको भनाई छ । प्रहरीको अनुमानमा कर्णबहादुर बालिका सहित भारततर्फ गएकाले पनि समस्या भइरहेको छ ।
Previous Articleनेकपा माओवादी म्याग्दी अध्यक्षमा श्रीस निर्विरोध चयन
Next Article तस्करीमा जोडिएको नेपाल प्रहरीको प्रतिष्ठा