म्याग्दी, ४ फागुन/नेकपा (माओबादी) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनबाट जिल्ला सचिवमा गमवहादुर श्रीसमगर निर्विरोध निर्वाचित भएका छन् । जिल्लाको बरंजा–३ का श्रीषको कमाण्डमा जगत,क्रान्ति, उषा लगाएत २१ सदस्यीय जिल्ला कमिटी चयन भएको नेकपा माओवादी म्याग्दीले जनाएको छ । जिल्ला कार्यसमितिका रहेका अन्य सदस्यको नाम गोप्य राखिएको छ ।पार्टीको केन्द्रिय निर्देशन अनुसार नै सेक्रेटरी बाहेकको विवरण सार्वजनिक गर्न नमिल्ने माओवादीको भनाई छ । २०५३ सालमा कलाकारबाट नेकपा माओवादीमा प्रवेश गरेका श्रीष, विद्यार्थी संगठनको सह सचिव हुदै पहिलो संविधान सभामा समानुपातिक सभाषद् समेत भएका थिए । माओवादी जनयूद्धमा म्याग्दीमा भएका भिडन्तहरुमा समेत प्रत्यक्ष सहभागिता जनाएका श्रीषले माओवादी विभाजन भएपछि मोहन बैद्य किरण नेतृत्वको पार्टीमा लागेका थिए । बैद्य माओवादीबाट विभाजित भएर नेत्र विक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीमा जिल्लाको संगठनलाई बिलय गराएका श्रीषले आफ्नो नयाँ कार्यकालमा पार्टीको संगठनलाई गाउँस्तरमा पु¥याउने बताए । ‘हामीलाई भुमिगत हुन्छ भन्ने हल्ला चलाइएको छ । जनताको माझमै बसेर दलालहरुलाई कारवाही गछौं’ उनले भने । सेक्रेटरी श्रीषले संगठन विस्तार, जनअभियान, जनताको घरदैलोमा पुगेर संसदीय ब्यवस्थाको खारेज, कालोबजारी, भ्रष्टचारीलाई कारवाही लगाएतका अभियान जनताको माझमै बसेर गर्ने बताए । जिल्लामा पार्टीका कार्यकर्ताको संख्या बढ्दै जान थालेको बताउँदै जनताको घरबाटै संसदीय ब्यवस्थाको अन्त्य गर्ने सेक्रेटरी श्रीषको भनाई छ ।
Previous Articleवामपन्थी विद्यार्थी एक भएर चुनावमा जाने
Next Article बालिकाको अवस्था अझै अज्ञात