डिल्लीप्रसाद गौतम/नेपालमा नेपाल प्रहरीको स्थापनमा संगै यस संस्थाले गरेका क्रियाकलाप प्रशंसा योग्य नै छन् । कम साधन र श्रोतका बाबजुद यस संस्थाले प्रत्यक्ष आम नागरिक संग सम्बन्ध कायम गरेर नागरिकको धनजनको सुरक्षा तथा सेवा प्रदान गर्दै आईरहेको छ । सामान्य समाजमा हुने झै–झगडा देखि ठुला–ठुला जघन्य अपराधमा संलग्न दोषीहरुलाई पक्राउ गर्ने देखि लिएर कानूनी कठघरामा उभ्याउने सम्मका कार्यमा नेपाल प्रहरीको प्रत्यक्ष योगदान रहेको हुन्छ । दैपिन रुपमा हुने चोरी, डकैती, दैवीप्रकोप, तस्करी, लागुऔषधको प्रयोग तथा ओसार–पोसार, लुटपाट, मानव तस्करी लगायतका सामाजमा घट्ने घटनामा प्रहरीले नियन्त्रण रोकथाम तथा सुरक्षाको क्रियाकलाप संचालन गरिरहको हुन्छ । उसो त नेपाल प्रहरीको लक्ष्य नै ‘सत्यम् सेवम् सुरक्षण् हो । अर्थात् नेपाल प्रहरीको मूलमन्त्र नै सत्यता जनसेवा तथा राष्ट्र सेवा र सुरक्षा हो । यही मन्त्रलाई आत्मसाथ गर्दै नेपाल प्रहरी देश र जनताको सेवा अहोरात्र खटिईरहेका हुन्छन् ।
यद्यपी बेला–बेलामा यस संस्थामा अनेक समस्या, चुनौति तथा संस्था प्रति नै वितृष्णा फैलिने गरि अकल्पनिय परिस्थिति सृजना हुन पुग्र्दछन् । यस संस्थामा कार्यरत प्रहरी जवान तथा उच्च पदस्थ अधिकृतहरु समेत बेला–बेलामा अपराधिक क्रियाकलापमा संलग्न रहने गरेको घटनाको छानबिन पश्चात् प्रमाणित समेत भएको पाइन्छ । समाजमा घट्ने लुटपाट, चोरीडकैती, लागुऔषध ओसारपोसार, बलात्कार तथा गम्भिर प्रकृतिका हत्या तथा तस्करी सम्मका घटना समेत कहिलेकाही यस संस्थामा कार्यरत जवान तथा अधिकृतहरुको संलग्नता रहेको पाइनुले यस संस्थाप्रति आम नागरिकको वितिष्णा समेत उत्पन्न हुने गरेको छ । हुनत उक्त क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई नेपाल प्रहरी कै छानबिन पश्चात् कारबाही पनि हुने गरेको पाइन्छ । तर पनि जनता कै सेवा र सुरक्षाको निम्ति खटिएका व्यक्तिहरुबाट यस्ता खाले घटनाघट्नु राष्ट्र र स्वयं संस्था कै लागि कलंक तथा चुनौती हो भन्नुमा अवयुक्ति नहोला ।
यसरी बेला–बेला सामाजिक घटनामा संलग्नता देखिइरहने घटना यस पटक पुन प्रनरावृक्ति भएको छ । हालै मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यही पौष २१ गते साढे ३३ किलो सुन पक्राउ प्रकरणमा नेपाल प्रहरीका उच्च पदस्थ प्रहरी अधिकृत एस.एस.पी. श्याम खत्री प्रमाण सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट पक्राउ परेका छन् । उसो त उच्च पदस्थ अधिकृत पक्राउ परेको घटना पहिलो भने हैन । यस भन्दा पूर्व शाहीशासनकालमा समेत प्रहरी अधिकृत डि.बी. लामा लगायतका व्यक्तिहरु समेत यस्तै प्रकरणमा पक्राउ परि शाही सरकारद्धारा कारवाह िसमेत भएको थियो । तप्त पश्चात् पनि समाजिक अपराधिक घटनामा यस संस्थाका प्रहरी जवानहरु बेला–बेला संलग्नता प्रमाणित भै रहेका थिए तर अहिले आएर उक्त संस्थाका उच्च प्रहरी अधिकृत सुन तस्कर जस्तो जघन्य अपराधमा संलग्न हुनुले यस संस्थाको प्रतिष्ठा तथा ख्याती प्रति नै प्रश्न चिन्ह खडा भएको छ । उसो तल निज प्रहरी अधिकृत माथि केन्द्रीय अनुसन्धान ब्युरोद्धारा विस्तृत अनुसन्धान जारी छ र उक्त घटनामा संलग्न भन्सारका अन्य कर्मचारी तस्करका भरीया एवं नाइके सम्म पुग्ने प्रयास भै रहेको समेत ब्यूरोद्धारा जानकारी प्राप्त भएको छ । तर पनि बेला–बेलामा हुने यस्ता घटनामा राजनितिक संरक्षण तथा हस्तक्षेपले प्रभाव पनि गरेका छन् । यस्ता घटनामा उच्च राजनितिक व्यक्तिहरुको पनि संलग्नता रहने प्रवल सम्भावना छ । तसर्थ संस्था प्रति नै कलंकको छाप पनि यस घटनाप्रति केन्द्रिय अनुसन्धान ब्युरो पक्कै सजग छ र हुनुपर्दछ । क्ुनैपनि राजनितिक दबाब तथा हस्तक्षेपले उक्त अनुसन्धान प्रभावित हुनुहुदैन । हुन त ब्यूरोले सुन तस्कर संग संलग्न सम्पूर्ण माछा तथा भुरालाई कानूनी कठघरामा उभ्याएरै छाड्ने प्रतिवद्धता समेत जनाईसकेको छ । अब ति पक्राउ परेका प्रहरी अधिकृत माछा हुन वा भूरा ? अनुसन्धानले प्रमाणित गर्ला । तर जहाँसम्म सुनतस्कर प्रकरण छ यो केबल प्रहरी अधिकृत श्याम खत्रीबाट मात्र पनि संम्भव छैन । तसर्थ अब पक्राउ परेका प्रहरी अधिकृत खत्रीले बोल्ने पर्ने बेला आएको छ । कसैको ईशारा वा आशापालनको क्रममा गरिएको जघन्य प्रकृतिको घटनाको पर्दाफास गर्ने आंट अब अधिकृत खत्रीले गर्नै पर्दछ । केबल आफ मात्र बलिको बोको बनेर अपराधी संरक्षण गर्ने कार्य खत्रीबाट हुनुहुर्दैन । हुन त यस्ता घटना कुनै न कुनै शक्तिको भरमा मात्र हुने गर्दछन् । बिना राजनितिक दबाब यस्तो कार्य हुनै सक्दैन । आफ्नो स्वार्थ पुर्ति गर्न आफ्नो मान्छे रोज्ने उच्च पदमा पु¥याउने र तिनैलाई भरिया बनाएर आफ्नो स्वार्थ पूर्ति गर्ने कार्य हरेक राजनितिक नेतृत्व र सरकारले गरेकै छन् । होइन भने भखरै मात्र पनि डि.आई.जी नियुक्ति विषय विवादित पनि यसैको परिणाम हो । तसर्थ यस संस्था जिम्मेवार र सजग हुनु आवश्यक छ ।