बागलुङ, २ फागुन/सदरमुकाम बागलुङ बजारमा नयाँ डान्स स्कुल एण्ड पार्टी प्यालेस संचालनमा आएको छ । बागलुङका ५ जना युवाको सक्रियतामा २० लाख लगानी गरी साइनिङ डान्स स्कुल तथा पार्टी प्यालेस संचालनमा ल्याएको हो । पार्टी प्यालेसको सुशान्त आले, जिवन परियार, कृष्ण संयोग, सुजन बोहरा, कृष्ण किसान संचालक संरक्षक रहेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेलले युवा स्वरोजगारका लागि डान्स स्कुल संचालनले कला, संस्कृतिको संरक्षण गर्नमा टेवा पु¥याउनु पर्ने बताए । साथै स्थानीय रुपमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटनमा महत्वपुर्ण भुमिका खेल्ने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । उदघाटन समारोहमा धौलागिरी अंचल अस्पतालका विरामीलाई फलफुल वितरण तथा पार्टी प्यालेस संचालनका लािग भवन निर्माण कार्यमा आर्थिक, भौतिक, नैतिक सहयोग गर्नेहरुलाई सम्मान गरिएको सचिव कृष्ण संयोगले जानकारी दिए । कार्यक्रमा बागलुङ उद्योग वाणिज्य संघ कोषाध्यक्ष विदेश कुमार श्रेष्ठ, प्रहरी निरिक्षक सुरेन्द्र ढुंगाना, डान्स पार्टी प्यालेसका संरक्षक विजय आले, सन्तोष परियार, अन्जान आले लागयतले बोलेका थिए । कार्यक्रम साइनिङ डान्स स्कुल तथा पार्टी प्यालेसका अध्यक्ष सुसान्त आलेको अध्यक्षता, उपाध्यक्ष जिवन परियारको स्वागत र सचिव कृष्ण संयोगको संचालनमा सम्पन्न भएको थियो ।