बागलुङ, २ फागुन/फागनु १ गते बागलुङ बजार र बुर्तिवाङ बजारमा विविध कार्यक्रम गरी मनाईएको छ । बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरी मनाईएको छभने नेकपा माओवादी केन्द्र बागलुङ एरिया नम्बर–२ प्रश्तावित ढोरपाटन नगरपालिकाको आयोजनमा २२ औँ जनयुद्ध दिवश विशेष कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तुल्सिाराम आर्यालले तत्कालिन माओवादी जनयुद्धले पछाडी परेका र पारिएको समुदायमा आफ्नो अधिकारको खोजीका लागि राजनितिक जागरण ल्याएको बताए । उनले दलित, जनजाती, महिला, अल्पसंख्यक तथा राज्यको मुलप्रवाहमा पहुँच नपुगेका समुदायको प्रतिनिधित्वको संवैधानिक व्यवस्था जनयुद्धकै उपलब्धि भएको उल्लेख गरे । केन्द्रिय समितिका सल्लाहकार सेरमान घर्तीले, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा तमानखोला गाउँपालिका ईन्चार्ज सुर्य सिरपाली, माओवादी अगुवा दलिराम शर्मा, विद्यार्थी अनिल विश्वकर्मा लगायतले जनयुद्धका उपलब्धि तथा अब गर्नुपर्ने बाँकी काम लगायतको बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम एरिया सहईन्चार्ज चन्द्र अर्याललको अध्यक्षता, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल स्वागत र अखिल क्रान्तिकारी एरिया नम्बर–२ का सचिव गणेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरी, नेकपा माओवादी केन्द्र म्याग्दीले आईतबार बेनीमा विभिन्न कार्यक्रम आयोजना गरेर २२ औ जनयुद्ध दिवस मनाएको छ । वि.स २०५२ फागुन १ गते माओवादीले जनयुद्ध सुरु गरेको सम्झनामा बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सो कार्यक्रममा सहिदको तस्विरमा माल्यार्पणका गरेर स्मरण गरिएको थियो । २०५२ साल फागुन १ गते माओवादी नेताहरुले म्याग्दीको दानाको काभ्रेमा पर्चा टाँसेर जनयुद्ध सुरु भएको घोषणा गरेका थिए । जनताको अधिकार र मुक्तिका लागि हतियार सहित एक दशकसम्म चलेको जनयुद्ध वि.स २०६२ र ६३ को दोस्रो जनआन्दोलनसंगै शान्ति प्रक्रिया र संबिधानसभा मार्फत संबिधान निर्माणमा रुपान्तरण भएको थियो । मंगलाघाट स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलीटब्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले राजतन्त्रको अन्त्य, संबिधानसभा मार्फत जारी भएको संबिधान, संघियता, समावेशी व्यवस्था, धर्मनिरपेक्षता लगायतका जनयुद्धको उपलब्धिको रक्षाका लागि माओवादी एकताको अपरिहार्यतामा जोड दिएका थिए । जनयुद्धका सबै योजना सफल नभएपनि प्राप्त उपलब्धिलाई टेकेर बाँकी कार्यभार पुरा गर्ने, देशलाई संबिधान कार्यान्वयन, विकास, राजनितिक स्थिरता र सम्बृद्धीको बाटोमा दोह्याउन माओवादीले जोड दिएको नेता पौडेलले बताए । नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीका संयोजक शेरबहादुर केसीको अध्यक्षता, लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुदिन पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए । सो कार्यक्रममा विभिन्न संघ संस्थामा चयन भएका माओवादी सम्बद्ध व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
Previous Articleडान्स स्कुल तथा पार्टी प्यालेस संचालनमा
Next Article २ फागुन २०७३, ढोरपाटन दैनिक