आज विश्व रेडियो दिवस, ‘‘तपाई नै रेडियो’’ नारा तय गर्दै आज यो दिवस नेपालमा पनि मनाईदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेव्रुअरी १३ तारिखका दिन रेडियो दिवस मनाउन थालेको हो । विश्वासमा रेडियो प्रसारणमा आएको ९५ वर्ष पुग्दै छ भने नेपालको इतिहास ६४ वर्ष पूरा भएको छ । नेपालमा रहेका सबै रेडियो स्टेशनहरुले यो दिवसलाई आ—आफ्नै ढंगले मनाउँदै छन् । सामुदायिक रेडियोहरु र व्यवसायिक रेडियोहरुका नेटवर्क संघ÷संस्थासँगै उनीमातहतमा रहेका अरु सदस्य रेडियोहरुले स्थानीय स्तरमा दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । नेपालको सञ्चार क्षेत्रमा, रेडियोको महत्व, जनतामा यसको पहँुच र प्रभाव अत्यन्त निकट छ । सामान्य स्तरका जनतासमक्ष सूचना प्रवाहमा रेडियो नै निकटदेखि विकटसम्मको सञ्चार सारथी हो । नेपालमा औपचारिक रुपमा २००७ सालमा पहिलो रेडियो खुलेको इतिहास छ । कुनै समयमा नेपालको एक मात्र रेडियो, रेडियो नेपाल प्रतिको मानिसहरुको विश्वास र २०५२ सालदेखि सुरु भएका एफएमहरुको भीडमा एउटै क्षेत्रमा सञ्चालित धेरै एफएम रेडियोहरुले प्रशारणमा ल्याएका सूचना तथा समाचारमुलक सामाग्रीहरुमा कम विश्वसनियता पनि उत्ति छ । पछिल्लो सर्वेक्षणले नेपालका ग्रामीण क्षेत्रका जनताको ८५ प्रतिशत पहुँचको सञ्चार माध्ययम रेडियो नै भएको देखिन्छ । जनताको पहुँचसम्म रेडियो अर्थात सञ्चार माध्यम पुग्नु जति शुखद कुरा हो, त्यसबाट प्रशारण हुने सामाग्री उनीहरुको पहँचसम्म नभएर केन्द्र मुखी हुनु भने राम्रो नभएको अधिकतम प्रतिक्रियामा देखिएको छ । रेडियो भन्दा वित्तिकै पुराना पाका मान्छेहरुको जति विश्वास छ । त्यत्ति जनविश्वास पछिल्लो पुस्ताका मान्छेमा देखिंदैन । यसको खास कारण अधिकतम रुपमा खोलिएका हामी निकटका एफएम रेडियो र तिनीहरुमा सूचना प्रशारणको व्यवस्थापनमा देखिएका सामान्य भन्दा सामान्य कमजोरी नै हुन भन्दा फरक पर्दैन ।
रेडियो जनताकाबीचमा धेरै प्रशारणमा आउनु भन्दा पनि उनीहरुलाई आवश्यक सामाग्री कति धेरै प्रशारणमा आए भन्ने विषयले महत्व राख्छ । सूचना र प्रविधिको विकास सँगै मान्छेहरु आफ्नो उपयोगीतामा प्रविधिले कसरी साथ दिन्छ भन्ने ख्याल गरिरहेको हुन्छ । हामीले शैद्धान्तिक रुपमा सूचनाको हकको ग्यारेन्टी गरेका कुरा र पहँचसम्म रेडियो सञ्चार पुगेको कुरालाई मात्र ध्यानमा राख्यौ । यसको प्रभाव, प्रयोग र उपयोगमा जनताले कसरी लिईरहेका छन भन्ने विषयलाई सायद कम महत्व राख्यौ भने जनअपेक्षाका कुरामा अन्याय गरेको हुने छ । उनीहरुको चाहना, आवश्यकता र उत्सुकता मैले सुनेको रेडियोले मलाई के दिन्छ भन्ने पक्कै छ । हामीले तय गरेको यस वर्षको नारा ‘तपाई नै रेडियो’ , यसको अर्थ रेडियो सञ्चालन गर्ने, सामाग्री प्रस्तुत गर्नेले हाम्रो रेडियो भन्यौ, वा जस्ता सामाग्री प्रस्तुत गरेपनि हामी जान्ने ले प्रस्तुत गरेको सहस् छ भन्ने अर्थ र तर्कले मात्र रेडियोको परिचय दिन सक्दैन भन्ने नै हो । रेडियो भनेको सुन्ने स्रोता रहेछ, स्रोता के भन्छन र के चाहन्छन् भन्नेमा अवको रेडियो सामाग्री बन्नु पर्छ । आजको दिनमा मनाईदै गरिएको यविश्व रेडियो दिवसमा सन्दर्भमा रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मध्येको एक हो । यसका माध्यमबाट हामीले दुर दराजका जनतालाई सूचित गरौं । स्रचना प्रवाहुँगै उनीहरुलाई शिक्षा, चेनता र विकासको साझेदारीमा पहलकदमी गरौं । नागरिकलाई सचेतिकरणसँगै सरोकारवालालाई जवाफदेही र उत्तरदायि बनाऔं । अव, नकरात्मक कुरा भन्दा सकरात्मक र प्रगती, उन्नतिका तथा सफलताका विषयलाई समेत आत्मसाथ गरौं । नेपालका रेडियोहरुको प्रशारण जनमुखी बनाऔं । सूचनामा नागरिकको पहुँच बढाउनाको अलावा लोकतन्त्र, मानवअधिकार, विधिको शासन र शान्तिपूर्ण सामाजिक रूपान्तरणका लागि अहम भूमिका खेलेका रेडियोका भुमिकालाई अझ प्रभावकारी बनाएर लैजाऔं । विश्व रेडियो दिवसका अवसरमा शुभकामना ।
Previous Articleपत्रकार महासंघको भुमिका
Next Article डान्स स्कुल तथा पार्टी प्यालेस संचालनमा