बागलुङ, १ फागुन – युवा संघ नेपाल जिल्ला कमिटि बागलुङको अध्यक्षमा लोकेन्द्र केसी चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो ।
समितिको उपाध्यक्ष रेशम घर्ति मगर, सचिवमा प्रदिप आचार्य, सहसचिव तारा शर्मा र कोषाध्यक्ष प्रेम केसी चयन भएको युवा संघ बागलुङले जनाएको छ ।
कार्यक्रममा बोल्दै युवा संघ नेपालका अध्यक्ष राजिव पहाडीले संविधान संसोधन कुनै पनि हालतमा स्वीकार नहुने बताएका छन् । युवा संघ नेपाल जिल्ला कमिटि बागलुङ आठौँ जिल्ला अधिवेशनको उद्घाटनपछि अध्यक्ष पहाडिले यस्तो बताएका हुन । नेपाली जनताको भावना संविधान विपरितको संविधान संसोधन प्रस्तावलाई पारित तथा छलफलमा लैजानु भनेको मुलुकलाई कालान्तरमा विदेशी हस्तक्षेप गरि राष्ट्रिय संकट निम्त्याउने बताए ।
युवा संघले नेपालको राष्ट्रियता प्रति गिद्धे नजर लगाउदा, देशमा नाकाबन्दी, भष्ट्रचार तथा राष्ट्र संकटमा परेका बेला देशको अस्तित्व कायम गर्न सक्ने दावी गरे । सोही अवसरमा नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले पछिल्लो समयमा बढ्दो युवा विदेश प्लायनलाई न्युनिकरण गरि युवा लक्षित उत्पादमुखी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष इन्दलाल सापकोटा, पूर्व उपाध्यक्ष नरबहादुर थापा, युवा संघ नेपाल केन्द्रिय सदस्य अञ्जु जिसी लगायतले बोलेका थिए ।
कार्यक्रम युवा संघ नेपाल जिल्ला कमिटि बागलुङका अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, उपाध्यक्ष प्रकाश केसीको स्वागत र सचिव सन्दिप कंडेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleनेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला सभाको अधिवेशन सम्पन्न
Next Article अभिमुखीकरण कार्यक्रम