बागलुङ, १ फागुन – नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला सभाको २७ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गदै बागलुङका स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले मानविय र सामाजिक सेवाका लागि निस्वार्थ रुपले सबै भन्दा अग्रपंक्ति उभिने भावनाको विकास गरेमा समाज समृद्ध हुने बताएका थिए । रेडक्रसले आपत विपद र जोखिम घटाउन उल्लेखीय काम गर्दे राज्यको सहयोगी रुपमा अगाडी बढेको बताए । कार्यक्रममा पुर्व सभापति विश्वनाथ रेग्मी, पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, कालिगण्डकी आवसिय माविका प्रिन्सीपल निरञ्जनलाल राजभण्डारी, नेपाल रेडक्रस सोसाइटी सिगाना उपशाखा सभापति कविराज जिसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले कोषाध्यक्ष श्रीधर कडेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरेको छ । सो अवसरमा मन्त्री नारायण शर्मा पौडेलले आर्थिक वर्ष २०७२÷७३को वार्षिक प्रगति प्रतिवेदन एवं २०७३÷७४ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाइटीले जिल्लामा दैवीप्रकोप, विपद् व्यवस्थापन जस्ता मानवीय सेवा, रक्त सञ्चार, एम्बुलेन्स सेवा, जुनियर युवा गतिविधि, सामुदायिक विकास लगायत सेवा र विकासमूलक काम गरिरहेको बताइएको छ । उक्त अवसरमा धौलागिरी टेलिभिजनका सम्पादक सुवास आचार्य सम्मानित भएका छन् । नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला सभाको २७ औ अधिवेशनको अवसरमा रेडक्रस अभियानलाई सार्थक बनाउन सहयोग पु¥याएको भन्दै आचार्यलाई सम्मान गरिएको हो । आचार्य बागलुङमा एक दशक देखी पत्रकारीतामा क्रियाशिल छन् । रेडक्रसले यस वर्ष उत्कृष्ट संचारकर्मीको रुपमा धौलागिरी टेलिभिजनका सम्पादक रहेका आचार्यलाई सम्मान गरेको हो । सो अवसरमा रेडक्रशका पुर्व सभापति विश्वनाथ रेग्मी, यश्कर सदस्यद्धय सुवेदार जंगवहादुर केसी, श्रीधर कंडेल, विपत व्यवस्थापन र सस्थाको विभिन्न क्रियाकलापमा सक्रिय भुमिका निर्वाह गर्ने उपसभापति राजेन्द्र आचार्य, उपकोषाध्यक्ष जिवननाथ शर्मा, सदस्य विकास पौडेललाई सम्मान गरेको छ । त्यस्तै उत्कृष्ठ शाखाको रुपमा मालिका उपशाखा र सिगाना उपशाखा, सर्वोत्कृष्ट रत्तदाता ग्रिन डेभलपमेन्ट वैक, सर्वेत्कृष्ट युवा रेशक्रस सर्कलको रुपमा सिगाना मावि तित्याङ, उत्कृष्ट युवा रेडक्रस सर्कलको रुपमा धौलागिरी विरेन्द्र मावि रातमाटा, सर्वोत्कृष्ट जुरेशमा कालिगण्डकी आवसिय मावि, उत्कृष्ट जुरेशमा सिगाना बोडिङ स्कुल तित्याङ र युएस एकेडेमी बागलुङलाई सम्मान गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका कार्यवहाक सभापति रामवहादुर खत्रीको अध्यक्षता, रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका उपसभापति राजेन्द्र आचार्यले स्वागत र मन्त्री नारायण शर्मा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
यसैबिच जिल्ला शाखाले प्रतिवेदन प्रस्तुत गरेपछि जिल्ला स्थित बिभिन्न उपशाखाले बिज्ञप्ती नै निकालेर शाखाको साधारणसभा नै स्थगित गर्न माग गरेपछि साधारणसभामा तनाव सिर्जना भएको थियो । बिद्यानमा रहे बमोजिम यसभन्दा पूर्व २६ औ साधारणसभाको निर्णय बमोजिम जिल्ला शाखाबाट बनेका सदस्यहरुको प्राप्त रकमको ८० प्रतिशत सम्वन्धीत उपशाखामा पठाउने निर्णय भएपनि हाल सम्म नपठाएको र भिमापोखरा, रेश र पञ्चकोटको उपशाखाको बिवाद समाधान गर्न माग गर्दै साधारणसभा नै स्थगित गर्न माग गरेपछि तनाव सिर्जना भएको थियो । जिल्ला शाखाले उक्त माग बमोजिम ८० प्रतिशत रकम उपशाखामा पठाउने र बिवाद समधान गर्ने निर्णय र प्रतिवद्धता व्यक्त गरेपछि साधारणसभामा सहज भएको थियो ।
Previous Articleस्वर्ण विजेतालाई सम्माननक
Next Article युवा संघ बागलुङको अध्यक्षमा केसी