बागलुङ, २ फागुन/महिला समानुपातिक समावेशी प्रतिनिधित्व २ दिने अभिमुखीकरण कार्यक्रम आइतावार बागलुङमा सम्पन्न भएको छ । राजनैतिक दलहरुमा महिलाहरुको क्रियाशिलता तथा महिला सशक्तिकरणका लागि अन्तरपार्टी महिला संजाल बागलुङको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । २ दिनसम्म भएको अभिमुखीकरण कार्यक्रमको समापनमा अन्तरपार्टी महिला संजाल नेपालका कोषाध्ययक्ष लक्ष्मी शाहले संविधान कार्यन्वयनका लागि सम्पुर्ण दलहरु मिलेर कानुनमा भएका हक, अधिकार सुनिश्चित गर्न महिला एकजुट भएर लाग्नुपर्ने बताइन् । कार्यक्रममा अन्तरपार्टी महिला संजालका केन्द्रिय सदस्य ममता गिरी, नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी, नेपाली कांग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेल, नेकपा एमाले बागलुङका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, माओवादी केन्द्रका प्रतिनिधि निर्मल श्रेष्ठ, नेकपा मालेका निरबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, बागलुङ नगरपालिका कार्यकारी अधिकृत रमेश ढकाल, महिला तथा बालवालिका कार्यलयका सरस्वती रेग्मी, नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्मा लगायतले बोलेका थिए । कार्यक्रम अन्तरपार्टी महिला संजाल बागलुङका अध्यक्ष भविकला रोकाको अध्यक्षता, सदस्य मञ्जु क्षेत्रीको स्वागत र सचिव हुमा रिजालको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleयुवा संघ बागलुङको अध्यक्षमा केसी
Next Article गाउँपालिकाको केन्द्र माग गर्दै जुलुश