बागलुङ, १ फागुन – दुव्र्यसनबाट युवाहरुलाई सचेत बनाउने उदेश्यले आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम अन्तरगतको पहिलो कार्यक्रम शनिवार बागलुङ नगरपालिका ८ सिममा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरु दिन प्रतिदिन दुव्र्यसनमा फस्दै जान थाले पछि आमाहरुलाई सचेत र अभियानमा संगठित गर्ने उद्देश्यले दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङसँगको समन्वयमा सचालित कार्यक्रममा बागलुङ नगरपालिका ८ अन्तरगत वडा नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागी महिलाहरुले छोरा छोरी कुलतमा लाग्दा सबै भन्दा पीडा आमालाई हुने भएकाले आमाहरुलाई नै जानकारी गराउने उद्देश्यले सञ्चालित दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रम आफुहरुका लागि लाभदायक भएको बताएका थिए । उनीहरुले यो कार्यक्रमलाई व्यापक रुपमा अगाडि बढाउन समेत आग्रह गरेका थिए । वडा नागरिक मञ्चका सामाजिक परिचालक द्रौपदी कंडेल कार्कीले आदर्श सञ्चार सहकारी संस्थाले युवाहरुलाई दुव्र्यसनबाट टाढा राख्नका लागि गरेको प्रयासमा सबैको साथ रहने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।
आमाहरु मार्फत दुव्र्यसन रोक्नका लागि ‘दुव्र्यसन बिरुद्ध आमाहरु’ अभियानका क्रममा लागुपदार्थ दुव्र्यसनी, यसको लक्षण, दुव्र्यसनबाट व्यक्ति, परिवार, समाज र राष्ट्रमा पर्ने असर, यसबाट जोगिने र जोगाउने बिबिध उपायका बारेमा जानकारी दिइएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरिक्षक विदुरप्र्रसाद तिमिल्सिनाले लागुपदार्थ दुव्र्यसन, ओसार पोसार, बिक्री बितरण लगाउत दुव्र्यसनबाट युवा पुस्तालाई जोगाउनका लागि परिवारका सदस्यहरुको भूमिकाका बारेमा जानकारी गराएका थिए ।
यस्तै आदर्श सञ्चार सहकारीको परिचय सहित समग्र सहकारी अभियान र सहकारीमार्फत गर्न सकिने व्यवसायका बारेमा संस्थाका सम्पादक एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
आदर्श सञ्चार सहकारी संस्थाका शिक्षा उपसमितिका सदस्य रेणु केसीले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद मन्तव्य व्यवस्थापक भुपेन्द्र केसीले गरेका थिए ।