बागलुङ, २८ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको पहिलो बैठकले महाधिवेसन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य मनोनयन गरेको छ ।
बिहिवार जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले उपाध्यक्षमा नविन सर्बुजा र शैलेन्द्रकुमार श्रेष्ठलाइ चयन गरेको हो । त्यस्तै सचिवमा बिष्णुप्रसाद सापकोटा र कोषाध्यक्षमा प्रविण शंकर श्रेष्ठलाइ मनोनयन गरेको हो । सहसचिव र प्रवक्ता पछि चयन गरिने बताइएको छ ।
त्यसअघि सदस्यहरुमा प्रविण शंकर श्रेष्ठ, बिष्णुप्रसाद सापकोटा, जीवराज जोशी, लक्ष्मीबहादुर कार्की, संजय खड्का, भुमादेवी कंडेललाई सदस्यमा मनोनित गरिएको थियो । बैठकले जिल्लाबाट छनौट हुने महाधिवेसन प्रतिनिधिको पनि टुंगो लगाउने काम थालेको छ । त्यसको जिम्मा पनि अध्यक्षलाइ दिएको बताइएको छ ।
क्षेत्र नं. १ बाट भने अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बसेको बैठकले खुल्ला तर्फको महाधिवेसन प्रतिनिधिमा दिलविकास राज भण्डारी, बिदुर खड्का, देवीप्रसाद कंडेल, तिलक रिजाललाइ चयन गरेको बताइएको छ । अल्पसंख्यकबाट नविन शेर्बुजा, दलिततर्फ रनबहदुर बोहोरा, महिलातर्फ कृष्णकुमारी शेरचन र डिलमती दगामी चयन भएका छन् ।
पार्टीका कार्यकर्तालाइ व्यवस्थित रुपमा संचालन गर्नका लागि अध्यक्ष खड्काकै अध्यक्षतामा पदाधिकारी समावेश गरी जिल्ला सम्पादन समितिको पनि गठन गरेको राप्रपाले जनाएको छ । यसअघि राप्रपाले क्षेत्र नं. २ को अधिवेसनले लक्ष्मीप्रसाद सापकोटालाइ सर्वसम्मतीले अध्यक्ष चयन गरेको थियो । कुश्मीसेरामा सम्पन्न अधिवेसनले उपाध्यक्षमा बालिका भण्डारी र गोविन्द प्रसाद पौडेल, सचिवमा पूर्णेन्द्र सापकोटा, सहसचिवमा प्रकाश सुवेदी र कोषाध्यक्षमा गोमादेवी शर्मालाई चयन गरेको हो ।
क्षेत्रीय सदस्यमा बिष्णुप्रसाद सापकोटा, नारायणप्रसाद शर्मा, गंगा सुवेदी, निर्मला बानिया, कुलप्रसाद सिग्देल, सूर्यचन्द्र कंडेल, नरबहादुर केसी, तेजीन्द्र सापकोटा, पुष्पाकुमारी क्षेत्री, डम्मलबहादुर नेपाली, कमानसिंह दमाई, जुनबहादुर छन्त्याल, मेघबहादुर शर्मा,ललित केसी र मेघबहादुर केसी चयन भएको बताइएको छ ।
Previous Articleक्षेत्र २ को छनोट खेल गलकोटमा
Next Article लुटपाटमा संलग्न भण्डारी पक्राउ