म्याग्दी, २८ माघ
उत्तरी म्याग्दीको दाना गाविसमा एक बृद्धा लुुटपाटमा संलग्न भई फरार भएका एक अभियुक्तलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । दाना–२ मा बुद्धिमायाँ बुढाथोकीको घरमा लुटपाट गरेर फरार भएका कास्की उपनगरपालिका–५ पस्याङका २१ बर्षिय विजय श्रेष्ठ भन्ने विजयराज भण्डारीलाई प्रहरीको एक टोलीले पर्वतबेनीबाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।
खुकुरी देखाई हातखुट्टा बाँधी घर भित्र प्रवेश गरी ४० हजार नगद, सुन र मोवाईल गरी २ लाख ४० हजार फरार भएका प्रमुख योजनाकार दरवाङ–७ मन बहादुर रोका, मल्कवाङ–४ का ३१ बर्षिय छक प्रसाद छन्त्यालले दिएको बयानका आधारमा प्रहरीले खोजीकार्य गरिरहेको थियो । जिल्लामा करिव आधादर्जन ठुला चोरीमा संलग्न रहेका खिम भनिने मन बहादुर पक्राउ परेपछि चोरीका घटनामा प्रहरीले ठुलो सफलता हात पारेको थियो ।
दानामा छिमेकीको घरमा समेत अवरोध गरी सर्च लाईट, माक्स सहित चोरीमा सजिलो हुने उपकरणहरू प्रयोग गरेर चोरीमा संलग्न भएकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पेस्तोल सहित घरेलु हतियार प्रयोग गरेर चोरीकार्यमा संलग्न रहेका रोकाले चोरी गर्ने स्थानको ६ देखी १५ दिनसम्म नियमित निगरानीमा प्रयोग गरिएका सवारीसाधनलाई समेत प्रहरीको नजरमा नपर्ने गरी विभिन्न स्थानमा राख्ने गरेका थिए । प्रहरीले पक्राउ परेका भण्डारीबाट जिल्लाभित्र भएका अन्य चोरीमा समेत संलग्न हुनसक्ने भन्दै कनेक्सन खोजीरहेको छ ।
०७२ पुष ३ गते राती हतियार सहित समुहमा आएका लुटेराले स्थानीय जंग बहादुर पुर्जा र चित्रकुमारी पुर्जाको घरमा लुटपाट गरी फरार भएका रोका सहितको टोलीलाई प्रतिकार गर्दा स्थानीय ४० बर्षिय बेगप्रसाद रोका घाईते भएपछि प्रहरीले सुरु गरेको अनुसन्धानको क्रममा दानाहुदै बेनी नगरपालिका–६ स्थित पेट्रोल पम्पमा १ लाखभन्दा धेरै नगद चोरीमा संलग्न भएको अवस्थामा समातिएपछि प्रहरीले पुराना घटनामा समेत सफलता मिलेको थियो ।
जनतासंगको सहकार्यमा अपराध नियन्त्रणः प्रजिअ
जनताले प्रहरीलाई सहयोग गरेको कारण म्याग्दीको घार गाविस आसपासका क्षेत्रमा अपराधजन्य गतिविधिमा कमी आएको एक कार्यक्रमका सहभागिले बताएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले घार गाविस–५ स्थित कोट मन्दिरको प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा समाजमा शान्ति स्थापना गर्न प्रहरीको एक्र्लै प्रयासले असम्भव भएको भन्दै घार गाविसमा जनताको सहभागिता र सहयोगमा अपराधजन्य गतिविधिमा कमी आएको बताइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सोभाखर पोख्रेलले जिल्लामा शान्ति सुरक्षा, कानुन विपरितका गतिविधिलाई निरुत्साहित गर्न स्थानीयको पहलकदमी आवश्यकता रहेको बताएका थिए । सोही अवसरमा प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जनताको सहभागितामा प्रहरीले जिल्लाभर अपराधिक घटनाको न्यूनिकरण गर्ने अभियान सञ्चालन गरिरहको बताउँदै जिल्लाकै प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको घार गाविसका आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि समेत स्थानीयको सक्रियता आवश्यकता रहेको बताए ।
उनले जनताको सहभागिता रहेको क्षेत्रमा अपराधजन्य गतिविधि सुन्य रहेको स्मरण गराउँदै घार गाविसका जनताको सहभागिताबाट समेत उत्साहित भएको बताए । कार्यक्रममा स्थानीय आमा समुह, यूवा क्लव, यातायात ब्यवसायी, शिक्षक लगाएतको १ सय १३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता गाविस सचिव बाबुराम भटराईले गरेका थिए ।
सोही अवसरमा म्याग्दी जीप तथा बस सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष लालबहादुर थापा लगाएतले मन्त्ब्य राखेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाभर सार्वजनिक सुनुवाई कार्यक्रममार्फत जनता संग सहकार्य गर्ने गरेको छ ।
Previous Articleराप्रपाको पदाधिकारी चयन
Next Article जयबहादुर चन्द प्रहरी प्रमुख बन्ने