बागलुङ, २७ माघ/नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको प्रथम स्मृति दिवशको अवसरमा धौलागिरी अञ्चल अस्पालका विरामीलाइ फलफूल वितरण गरिएको छ । काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा बुधवार विहान भएको एक कार्यक्रममा बिरामीलाइ फलफूल वितरण गरिएको हो । अस्पतालमा भएका सबै विरामीलाइ काँग्रेस सभापति दिपेन्द्र बहादुर थापा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मञ्जेष बम मल्ल र मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले फलफूल वितरण गरेका हुन् । त्यस अघि आयोजित प्रवचन कार्यक्रमका सहभागिले संविधानसभाबाट संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेलेका कोइरालाको त्यागबाट राजनीतिले धेरै कुरा सिक्नुपर्ने धारणा राखेका थिए । साथै कोइरालाको राजनीतिक जीवन र योगदानको बारेमा पनि सहभागिले चर्चा गरेका थिए । काँग्रेस सभापति दिपेन्द्र बहादुर थापाको अध्यक्षता, सचिव नवराज पौडेलको संचालन र कोषाध्यक्ष उमेश गौतमले स्वागत गरेको कार्यक्रममा अस्पतालका अध्यक्ष मल्लले पनि कोइरालाको जीवन बारेमा बोलेका थिए ।