बागलुङ, २७ माघ/न्यू एभरेष्ट एकेडेमी बागलुङमा बुधवारदेखि तहगत अभिभावक भेला शुरु भएको छ । विद्यार्थीहरुको शैक्षिक एवं अन्य विविध गतिविधिको वारेमा अभिभावक र कक्षा शिक्षकहरु बीच छलफल गरी शिक्षाको गुणसतर अभिवृद्धि गर्ने उद्धेश्यले उक्त कार्यक्रम अयोाजना गरिएको हो । विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा विशेष गरी पूर्व प्रावि तहमा अध्यापन गर्ने विद्यार्थीका अभिभावकहरुको सहभागिता थियो । कार्यक्रममा अभिभावकहरुको तर्फबाट यामकला घर्ती, शर्मिला बोहोरा, सृुस्मिता बैदवार क्षेत्री, गीता श्रीष लगायतले आफ्नो सुझाव राखेक थिए । कार्यक्रममा प्रिन्सिपल अधिकारीले विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक संयोजनबाट मात्र विद्यार्थीको शैक्षिक स्तर विकास हुने धारणा राखेका थिए । कक्षा शिक्षकको तर्फबाट आरती बोहोरा, सुस्मिता श्रेष्ठ, मिक्की हमाल र गीता पौडेले विद्यार्थीको दैनिक क्रियाकलापको बारेमा अभिभावकलाइ प्रष्ट पारेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक सदस्य काशीराम रेग्मीले अभिभावक भेलाको औचित्य र आवस्यकता बारेमा प्रकाश पारेका थिए । यो भेला तहगत रुपमा सप्ताहव्यापी रुपमा संचालन हुने बताइएको छ ।