बागलुङ जिल्लाको भिमगीठे गाविसको इदिखोलामा सोमबार राती मोटरबाटो खन्न प्रयोग भइरहेको बा २ क ३८२० नं.को डोजरमाथि रातको करिब १२ बजे आगजनी गर्ने काम भएको छ । भिमगीठे गाविसदेखि रणसिंहकिटेनी गाविस जोड्ने उक्त मोटरबाटो निर्माणको पहिलो चरणमा भिमगिठेकै टुनिवोटसम्म १५ किलो मिटर खन्ने गरि सम्झौता भएको थियो । स्थानीय दिनेश शर्मा र खगेन्द्र क्मार बुढाले मोटरबाटो निर्माणका लागि श्रेष्ठ निर्माण सेवा पाल्पाबाट डोजर भाडामा लिएर काम शुरु गरेका थिए । मोटरबाटो निर्माणमा स्थानीय केही व्यक्तिले असहमति प्रकट गरेको चर्चाका बीच लाखौं रुपैयाँ पर्ने डोजरमा आगजानी गरिएको छ । गाउँघरमा विकास निर्माणको काममा प्रयोग भएको डोजरमा आगजनी गर्नु अपराधिक मानसिकता हो । डोजरमा आगजनी कसले गरेको भन्ने कुराको भेद खुल्न त्यति धेरै गाह्रो छैन । किनभने मोटरबाटो निर्माणमा केही स्थानियले विरोध जनाएको बताईएको छ ।
विदेश जाने सपना छाडेर गाउँमै केही गर्छु भन्ने युवाको काममा आगजनीको घटनाले उनीहरुको सपना तुहाउने काम भएको छ । लाखौं रुपैयाँ पर्ने डोजरमा आगजनी भएपछि युवाहरु अहिले तनावमा छन् । उनीहरुलाई राहत दिनको लागि डोजरमा आगजनी गर्नेहरुको खोजीलाई प्रभावकारी बनाई कानुनी कठघरामा उभ्याउन जरुरी छ । बागलुङ मात्रै होइन केही महिना अघि म्याग्दीमा पनि मोटरबाटो खन्ने काममा प्रयोग भएका दुई डोजरमा आगजनी गर्ने काम भएको थियो । आगजनीमा संलग्न भएलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । डोजरमा आगजनी गर्नेलाई पक्राउ गर्नलाई प्रहरीलाई धेरै मेहेनत गर्नु पर्देन । डोजरमा जस्ले आगजनी गरेका छन् उनीहरु विकासमा अवरोध सिर्जना गर्ने तत्व हुन् । विकास विरोधलाई समयमै तह नलगाउने होभने भोलि फेरि अर्काे डोजरमा आगजनी गर्ने काम नदोहोरिएला भन्न सकिदैन । त्यसैले यस्तै प्रकृतिको अर्काे घटना नहोस् भन्नका लागि भएपनि प्रहरीले आगजनी गर्नेलाई तत्काल पक्राउन गर्नुपर्छ ।
मोटरबाटो खन्ने विषयमा केही व्यक्तिको असन्तुष्टि भए त्यसलाई बहस र छलफलमार्फत निकास दिन सकिन्छ । त्यसैले विवादलाई बढाउनको लागि सबै पक्षले आफ्ना हठहरु त्याग्न जरुरी छ । अर्काे कुरा मान्छेले आफ्नो आँगन हुँदै मोटरबाटो लैजाने मानसिकता पनि हामीमा छ । मोटरबाटो पर्यावरणलाई असर नगर्ने गरी प्राविधिक सर्वेका आधारमा खन्न जरुरी छ । जसले भोलि कुनै प्राकृतिक विपत्ति नआओस् । डोजरमा आगजनी गर्नेलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही थालिने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घटनास्थल भन्दा केही माथि गोरेटो बाटोमा ढुँगाले च्यापिएको अवस्थामा राखिएको एक कागजको पानामा थाम सैरेनी युवा ग्रुपको नामबाट ‘‘दुनियाँको बस्ती जोखिममा पारेर बाटो खन्दा जति डोजर ल्याएपनि यस्तै हालत हुने भन्ने लेखिएको लिष्ट भेटिएको छ । यसलाई आधार बनाएर प्रहरीले विकास विरोधलाई तत्काल कानुनी कठघरमा उभ्याउन जरुरी छ ।