बागलुङ, २७ माघ/नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित ताराखोला गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ । भेलामा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय पार्षद् राज थापाले साधन स्रोतका हिसावले ताराखोला क्षेत्र जिल्लाकै सवैभन्दा सम्पन्न ठाउँ भएको भन्दै उद्योग व्यवसायमार्फत स्थानिय विकासमा जुट्नुपर्नेमा जोड दिएका थिए । उनले गाउँपालिका अन्तगत रहेका उद्योगी व्यापारी संगठित भएर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न आग्रह गर्नुभयो । थापाले स्वाधिन अर्थतन्त्रणको विकासले मात्र आर्थिक समृद्धि सम्भव रहेकाले त्यसैको लागि संगठन स्थापना भएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धनबहादुर विक हिमाल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका जिल्ला सदस्य मनोज थापा र दुर्गा भवानी माध्यमिक विद्यालय ताराका प्रधानाध्यापक प्रकाश रोकाले मन्तव्य व्यक्त गरेका थिए । भेलाले खिमबहादुर घर्तीको अध्यक्षतामा ३५ सदस्यीय ताराखोला गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जगबहादुर छन्त्याल, सचिव रश्मी घर्ती, सहसचिव दिपक रोका र कोषाध्यक्ष अकप्रसाद रोका रहेका छन् । कबहादुर घर्तीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । रश्मी घर्तीको संयोजकत्वमा ७ सदस्यीय महिला उद्यामी समिति पनि गठन गरिएको छ । भेला कवबहादुर घर्तीको अध्यक्षता, भद्र घर्तीको स्वागत र प्रकाश घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।