बागलुङ, २७ माघ/गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ्गा गाविसमा सम्पन्न भएको छ । कार्यक्रममा गाविसको वडा नम्बर–१ देखि ५ सम्मका स्थानियवासी, राजनितिकदलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । सो अवसरमा समाजमा रहेका विभिन्न प्रकारका विकृति विसंगति, यो विषयमा रहेको कानुनी व्यवस्था, कारवाहिको व्यवस्था लगायतको बारेमा सहजिकरण भएको थियो ।
वालविवाह तथा बहुविवाह र यसबाट आउने समस्या, सुर्तिजन्य तथा मदिराजन्य पदार्थ उत्पादन र सेवन एवं यसले ल्याउने समस्या, छुवाछुत प्रथा, लैङ्कि विभेद लगायतका बारेमा प्रहरी चौकी बोङ्गादोभानका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद मिश्रले सहजिकरण गरेका थिए । स्थानिय रुपमा आईरहने समस्याको अध्ययनको आधारमा विसंगती न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम गरिएको मिश्रले जानकारी दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्य सिरपाली, एमालेका हर्क सिरपाली, छोरेगाउँ माविका प्रअ तारामणि कँडेल, विद्यार्थी आसमिन घर्तीले बोलेका थिए ।
Previous Articleरेडक्रसका ६ कर्मचारीको हत्या
Next Article प्रभावकारी छैन प्रहरीको १०० नम्बर