काबुल, २७ माघ – कट्टर धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको छ ।
आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तराष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अहमदले जानकारी दिए । ६जनाको शव भेटिएको छ भने दुईको अवस्था अज्ञात रहेको बताइएको छ ।
आक्रमणमा मारिएका सबै अफगानिस्तानका नागरिक हुन् । घटनास्थल राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरमा पर्दछ ।
Previous Articleप्रतिवेदन भन्छ – ‘कार्कीमाथि छानबिन र कारवाही हुनुपर्छ’
Next Article सचेतनामुलक कार्यक्रम