बागलुङ, २६ माघ – नेकपा एमाले बागलुङले जिल्लाको दमेकमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण पाठकले सरकारले संसादमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको बताउँदै तत्काल फिर्ता लिएर स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताएका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य होमनाथ सापकोटा लगायतले बोलेका थिए ।
सो अवसरमा राष्ट्रिय राजनीतिक, नेकपा एमालेको भूमिका, आठौँ जिल्ला अधिवेशनको सन्देश लगायतको विषयमा जानकारी दिइएको नेकपा एमाले प्रचार विभाग प्रमुख धनबहादुर परियारले बताए ।
Previous Articleगाविस स्तरिय भलिबल प्रतियोगिता
Next Article उल्लीखोला ट्याक्टर पुगेपछि