तुलसीराम पाण्डे
२०७३ साल साउनमा परेको लगातारको वर्षाले नेपालको पश्चिमी भागमा ठूलो क्षति पु¥यायो । त्यसमा बढिगाड खोलाको किनारमा बस्तीहरु पनि जोखिममा परेको समाचार मिडियाहरुबाट नेपालभरी फैलियो । त्यसमा उल्लीखोला बजारको दृश्य पनि टेलिभिजनहरुले देखाए ।
उल्लीखोला बजार मोटरबाटो नखुल्दा सामान्य रुपमै पुरानो रुपको बजार थियो । २०५५ सालमा पाल्पामा मोटर आयो । त्यसपछि देशैभरी जनश्रमबाट मोटरबाटोको विस्तार गर्ने अभियान नै चलेको थियो । त्यसै क्रममा २०३५ सालमा रिडीमा टेक्टर आयो । त्यही बाटो अगाडि बढाउँदै गुल्मीको सदरमुकाम तम्घासमा पु¥याउन बाटो खन्दै लगियो । ट्याक्टर जान मिल्ने सम्म सामान लिएर जान थाले २०३७ सालमा तम्घाससम्म ट्याक्टर पुगे ।
उल्लीखोलामा ट्याक्टर लैजानको लागि बलेटक्सारबाट बाटो खनेर आरालोभिरालो र टहटिमहुँदै उल्लीखोलामा झारियो । २०४० सालमा ट्याक्टरले सामान लिएर झर्न थाले । बढिगाड खोला ठूलो भएकोले ट्याक्टर तार्न सकिएन र पारी नै ट्याक्टर खाली गर्ने गरियो । ठाउँ साँघुरो भएकोले जुहाङ्गतर्फ बस्ती र बजार भएपनि सामान पारिबाट वारी ल्याउन घोडा खच्चड र मानिसको प्रयोग व्यापक रुपमा हुन्थ्यो । धेरै भिड भएको हुनाले पुल पनि खच्चड तार्नको लागि चौडा र लामो नै बनाइयो । त्यती चौडा र बलियो पुल अन्यत्र देखिएको छैन् । त्यस समयमा नेपालमा प्रत्येक वर्ष भोकमारी, झाडपखाल र रगतमासी सामान्य रुपमा नै हुन्थ्यो भने कुनै वर्ष हैजा पनि फैलिन्थ्यो । जहाँ ट्याक्टरले सामान लिएर आयो त्यहाँबाट अन्यत्र लैजान नजिकै भए मानिसले नै र टाढा भए घोडा र खच्चडले बोकेर पु¥याउथे । कुनै ठाउँमा भेडा र च्याङ्गाले समेत भारी बोक्छन् भनेको सुनिए पनि त्यहाँ भेडा र च्याङ्गा भारी बोक्नको लागि प्रयोग भएको देखिएन । पहिल्यै सर्बे गर्दा रिडीदेखि रुद्रबेनीहुँदै उल्लीखोला चोरकाटे वामी टक्सारहुँदै बागलुङको ढोरपाटन पु¥याउने लक्ष्य राखिएको रहेछ । रिडीदेखि रुद्रवेनीसम्म कडा पहरो परेको हुनाले पहरोमा झुराली लगाएर गोरेटोसम्म बनाएको भएपनि तत्कालै पहरो फोरेर गाडी हिड्न सक्ने बनाउन सम्भव नभएको र रुद्रबेनीमा पक्की पुल बनाउन पनि तत्काल सम्भव नभएकोले विकल्पको रुपमा त्यहाँबाट मोटर झरालिएको रहेछ । २०४० सालमा उल्ली खोलामा ट्याक्टर झरेपछि एक्कासी त्यहाँको चहलपहल बढ्यो । त्यहाँ सामान लिनको लागि पर्वत, बागलुङ, रुकुम, रोप्ला, प्युठान र डोल्पा सम्मबाट घोडा र खच्चड लिएर आउने र सामान लिएर फर्कनेहरुको ताँती नै लाग्थ्यो । घोडा खेद्नेहरुले आफ्नो घोडाको नाईकेलाई रातो चवर लगाइदिन्थ्यो र उसलाई अगाडि राख्थे । अरु सबै घोडा र खच्चडलाई घण्टी लगाईदिन्थे ।
घोडा र खच्चडले भारी बिसाएर दाना खानको लागि समय नहुने हुनाले मुखमा दानाको थैलो बाँधेर राखिदिन्थे । जसबाट घोडा र खच्चडले हिड्दै खाँदै गरिरहेका हुन्थे । कसैले केही समय आराम गर्न र सामान किन्न र भारी मिलाउने समयसम्म खच्चडहरु बगरमा छोडी दिन्थे । खच्चड र घोडाले जहाँ छोडे पनि आफ्नो मालिक नआउँदासम्म टाढा नजाने तालिम दिइएको हुन्छ । त्यसरी खच्चड छोड्दा बगरभरी ४००÷५०० खच्चडहरु दिनदिनै भइरहन्थे । खाली आउने र सामान लिएर फर्कनेहरु घण्टी बजाउँदै दिनभरी हिडीरहन्थे । प्रत्येक हिउँदमा यो क्रम चलिनै रहयो । पछी रुद्रबेनीबाट बाटो सफा भयो र हिउँदमा ट्याक्टर पनि बडिगाड खोला तरेर अगाडी बढे पछि त्यहाँको चहलपहल पनि विस्तारै कम हुँदै गयो । २०५० सालसम्म बेसरी व्यापार भयोभने त्यसपछि क्रमशः कम हुँदै गयो र २०५५ पछि न्यून मात्रमा व्यापार रहेको छ ।