बागलुङ, २५ माघ – आगामी फागुन ३ गते हुने नेपाल पत्रकार महासंघको अधिवेसनको कारण जिल्लामा तातो बहस शुरु भएको छ । आगामी नेतृत्व कसको हातमा पर्ला भन्ने एकातर्फ चर्चा छ भने शिलान्यास भैसकेको भवन निर्माणको जिम्मा लाइ पूर्णता दिने चुनौती पुरा गर्नपनि सर्वसम्मत बनाउनुपर्छ भन्नेहरु धेरै छन् ।
सदरमुकाम र ग्रामीण तह सम्म पत्रकारको अधिवेसनले धेरैको मन तानेको छ । सामाजिक क्षेत्रका संघ संगठन, गैरसरकारी संस्था, बार, अधिकारकर्मी र राजनीतिक दलका सडक छलफल देखि सामाजिक संजालमा पनि यी बिषयले प्राथमिकता पाएका छन् ।
पत्रकारले लेख्ने समाचारकै कारण आम नागरिकले आफ्नो धारणा बनाउने भएकोले पनि सबैमा चासो हुनु स्वभाविक भएको नागरिक अगुवाहरु बताउ“छन् । ‘आम पत्रकारले समाचार लेखेको पढेर हामीले देश विदेशका खवर थाहा पाउछौं’ नागरिक समाजका अगुवा काजी गाउले श्रेष्ठ भन्छन्, ‘पत्रकार पनि राजनीतिक दलको संगठन जस्तै हुनु हुदैन ।’ उनले सबैको खवरलाइ सन्तुलित रुपमा पस्कन सक्नुपर्ने बताए । सोमबार जिल्लाका पत्रकारहरुको क्रियाशिल पेशागत संगठनको संयुक्त बैठकले महासंघलाइ नागरिक समाजले चाहे जस्तै उचाईमा पु¥याउन सर्वसम्मत नेतृत्व चयनको पहल गर्ने निर्णय गरेको छ । बैठकले १५ जना सदस्य रहेको उच्च स्तरीय समिति गठन गरेको महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा बनेको समितिमा पूर्व अध्यक्षहरु राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, प्रेस युनियनको तर्फबाट ज्ञानेन्द्र गौतम र नरेश कंडेल, प्रेस चौतारीको तर्फबाट हिमाल शर्मा र उमाकान्त शर्मा, प्रगतीशिल पत्रकार संघबाट बिजय राना र रामनारायण सुवेदी, प्रेस सेन्टरको तर्फबाट राजबहादुर थापा र राम थापा अविरल, प्रेस सोसाइटीको तर्फबाट बबिता शर्मा, र अन्य संस्थाबाट बाबुलाल शाक्य, चन्द्रबहादुर क्षेत्री छन् ।
उनीहरुले पत्रकार महासंघलाइ सबैको साझा बनाउने अभियानका लागि पहल गर्ने, त्यसका लागि आवस्यक कार्यविधि बनाउने र सहमतिका आधार तय गर्ने समेत बत्ँँइएको छ । बैठक पछि प्रेस युनियनका ज्ञानेन्द्र गौतमले अहिले सम्म घोषणा भएका उमेदवारीहरुलाइ विर्सेर नया उचाइको छलफल र कार्यविधि बनाउनुपर्नेमा आफुले धारणा राखेको बताए । साथै उनले उच्च स्तरीय समितिमा पनि उक्त धारणा राख्ने बताएका छन् । ‘स्वतन्त्र रुपमा बनाइएको कार्यविधिमा बसेपछि आउने निष्कर्ष र त्यसका लागि आवस्यक पात्रका बारेमा त्यसपछि छलफल गर्न सकिने हामीले बतायौं’ उनले भने,‘महासंघलाइ सबैको साझा बनाउनका लागि त्यसतर्फ अग्रसर हुनैपर्ने समेत बताए ।’
प्रेस चौतारीका अध्यक्ष उमाकान्त शर्माले पनि महासंघलाइ क्रियाशिल र व्यवसायिक बनाउने गरी लैजानका लागि छलफल केन्द्रीत भएको बताए । ‘चौतारी बलियो संगठन भएकोले आफ्नो नेतृत्व हुनुपर्नेमा पनि दावा छ’ उनले भने, ‘कार्यविधि र छलफलबाट आएको निष्कर्षलाइ पनि स्विकारेर अगाडि बढ्न तयार छौं ।’ महासंघको अभियानलाइ सफल बनाउने काममा भने सबैले मिलेरै जानुको विकल्प नभएको उनले दोहो¥याए ।
प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरलले पनि बैठक सौहार्द र सकारात्मक भएको बताए । साथै उनले सबैको प्रतिनिधित्व हुने गरी महासंघलाइ लैजान सकेमा लक्ष प्राप्त गर्न सकिने धारणा राखे । ‘सर्वसम्मत बनाउन सकिने खाका सबैले बनाएर ल्याउने र त्यसमा सबै मान्य भएर लाग्नुपर्नेमा धारणा आएको छ’ थापाले भने, ‘नया“ उचाईको बहसले महासंघलाइ सही गन्तव्यमा पु¥याउनेमा धेरैको मत मिलेको छ ।’ आफ्ना आफ्ना अडान त्याग्ने र लचक हुनेहो भने मान्य महासंघ बनाउन सकिने उनले बताए ।
प्रगतीशिल पत्रकार संघका तर्फबाट छलफलमा बसेका बिजय रानाले सर्वसम्मतलाइनै जोड दिए । उनले संस्थागत विकास र जिल्लामा देखिएको निरासामुखी पत्रकारितालाइ उर्जा थप्नका लागि सहमति आवस्यक भएको बताए । ‘यस पटक फरक र सर्वस्वीकृत महासंघ बनाउन सक्नुपर्छ’ उनले भने, ‘त्यसका लागि हामी जुनसुकै पद गुमाउन पनि तयार छौं ।’
महासंघमा विगत केही बर्ष देखि कुनै न कुनै रुपमा गुटउपगुटको कारण बिबादमा आइरहेको थियो । यो बर्ष देखि सबै प्रकारका बिबाद अन्त्यका लागि पहल गर्न सबै संगठनले देखाएको पहलप्रति धेरैले सकारात्मक भनेका छन् । सर्वसम्मत भएमा वर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी देखि युनियनका ज्ञानेन्द्र गौतम, चौतारीका दिल शिरिष लगायतको दावी रहेको बुझिएको छ । निर्वाचनमा जाने अवस्था आएमा भने कम्तिमा दुइवटा समूह निर्माण बन्ने आंकलन पनि गरिएको छ ।