बागलुङ, २५ माघ – सदरमुकाम बागलुङ बजारमा पहिलोपटक फुटसल खेल सुरु भएको छ । रसआवर फुटसल प्रा.लि. बागलुङले अहिले शहरको माग बन्दै गएको फुटबलकै सानो रुप अर्थात् इन्डोरमा खेलिने फुटसल खेल सोमबारदेखि संचालनमा ल्याएको छ ।
प्रा.लि.ले सोमबार जिल्ला खेलकुद विकास समिति बागलुङ र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङ विच मैत्रीपूर्ण फुटसल खेल खेलाएर मैदान संचालनमा ल्याएको जनाएको छ । नेपाल पत्रकार महासंघ बागलुङ र जिल्ला खेलकुद विकास समिति विचको मैत्रीपूर्ण खेल निकै रोमाञ्चक बनेको थियो । मैत्रिपूर्ण खेलको सुरुवातमा प्रा.लि.का सदस्य राजु केसीले जिल्लाका खेलप्रेमिहरुलाई मध्यनजर गरेर उक्त मैदानको निर्माण गरेको जनाएका थिए । उनले स्वास्थ्यको लागि खेलकुद भन्ने मनसायले फुटसलको सुरुवात गरेको जनाए ।
धौलागिरीमा नै पहिलो पटक बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा फुटसल मैदानको निर्माण भैएको छ । जिल्लाका खेल पारखीहरुको ध्यानलाई मध्यनजर गर्दै बागलुङका ४ जना युवाद्वारा करिव १ करोड २० लाखको लागतमा फुटसल मैदानको निर्माण गरेका हुन ।
फुटसल दैनिक जसो बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म संचालन गरिने केसीले बताए । उक्त परिसरमै स्नुकर हाउस र रेष्टुरण्ट पनि संचालन गर्न लागिएको प्रा.लि.का सदस्य केसीले जनाकारी दिए ।
बागलुङका राजु केसी, सज्जन आचार्य, राजेश श्रेष्ठ र प्रतिप शर्माले साढे २ रोप्नी जग्गा मासिक ३३ हजार भाडामा लिई १ करोड २० लाखको लागतमा फुटसल मैदानको साथै रेष्टुरेण्ट र स्नुकर हाउसको निर्माण गर्न लागेका हुन् ।
Previous Article२५ माघ २०७३, धौलागिरी स्टार साप्ताहिक
Next Article महासंघको अधिवेशनले तातेको बागलुङ बजार