म्याग्दी, २५ माघ – सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) गरेका म्याग्देलीले आगामी फागुन १ गतेदेखी निुशल्क सेवा पाउने भएका छन् ।
सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्र्तरगत जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सहयोगी परिचालन गरी सुरु गरेको दर्ता अभियानमा सहभागि भएकालाई सेवा दिने गरी सोमबार पोखरामा सम्झौता भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनी र म्याग्दीका मेडिकल सुपरीटेन्डेन्ट डा. रोशन न्यौपाने विच विमा सेवामा आवद्ध भएकालाई बेनी अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट निशुल्क सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा विमा दर्ताको प्रमाण लिएर आउने विरामीलाई समान्य देखी जटिल रोगको उपचारको उपचारका साथै औषधी समेत निशुल्क उपलब्ध गराउने उल्लेख भएको डा. रोशन न्यौपानेले बताए । ‘विमा कार्यक्रममा सहभागि भएकाले निशुल्क सेवा पाउनुहुनेछ । सबैलाई स्वास्थ्य विमामा सहभागि हुन अनुरोध गर्दछु’ डा.न्यौपानेले भने ।
एक नगरपालिका र ३५ गाविस रहेको म्याग्दीमा स्वास्थ्य बिमा दर्ताका लागि बेनी अस्पताल र पश्चिम म्याग्दीको दरवाङको प्राथमिक स्वास्थ्य केन्द्रमार्फत सेवा उपलब्ध गराइने छ । दरवाङमा सञ्चालित केही औषधी पसल अवैध र गैरकानुनी, प्रक्रिया विपरित भएको अवस्थामा विमा कार्यक्रममा सहभागि भएर निशुल्क स्वास्थ्य सेवा लिन सर्वसाधारणलाई सहज भएको छ । जिल्लामा उपचार नभए थप उपचारका लागि पठाउने ब्यवस्था समेत रहेको छ ।
सम्झौता कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेन्द्र पौडेल, दरवाङ गाविस सचिव सोम बहादुर खत्री, बेनी अस्पतालकी डा.अम्बिालिका शाक्य, अस्पताल विकास समितिका निर्वतमान अध्यक्ष चन्द्रकुमार केसीको उपस्थिती रहेको थियो ।
स्वास्थ्य बिमा दर्ता गर्न जिल्लाभर सहयोगीहरुले घरदैलो अभियान समेत सञ्चालन गरेका छन् । समान्यदेखी जटिल विरामीले समेत बार्षिक ६० हजारसम्म औषधी खरिदमा खर्च गर्ने गरेको अवस्थामा सम्झौतामा दिर्घरोगीहरुलाई समेत विमा गरे निशुल्क औषधीको ब्यवस्था उल्लेख गरिएको छ । म्याग्दीमा स्वास्थ्य विमाप्रति आर्कषण बढेको छ ।
विमा सेवामा सहभागी हुन ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार २ हजार पाँचसय र ५ जनाभन्दा बढी भएमा प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ ।
Previous Articleमुठ्ठीदान र उपचारको लागि सहयोग
Next Article जलेर दुई जना बालबालिकाको मृत्यु