काठमाडौं, २५ माघ – गजलकार अमला अधिकारीको तेस्रो गजल सङ्ग्रह आरन सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गजलकार शीतल कादम्बिनी, राबत, बाबु त्रिपाठी, अमला अधिकारी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा गजल सङ्ग्रह सार्वजनिक गरे ।
यसअघि गजलकार अधिकारीको अमला (२०६८) र आगो (२०६९) मा प्रकाशित भएका थिए । कार्यक्रममा गजल सुन्न उपस्थित दर्शकको वान्समोरपछि गजलकार अमलले दुई गजल वाचन समेत गरेकी थिइन् ।
पछिल्लो पुस्ताकी शसक्त गजलकारका रुपमा अमलाको उपस्थिति रहदै आएको गजलकार शीतल कादम्बिनीले बताइन् । गजलकार अमलाले गजल लेखनीबारे चर्चा गर्दै सहरको साहित्यिक माहौल भन्दा आफु टाढा रहेको बताइन् ।
Previous Articleसंविधान संशोधन र निर्वाचनमा चुलियो काँग्रेसभित्र विवाद
Next Article ‘घामपानी’ नयाँ वर्षमा रिलिज