काठमाडौं, २५ माघ – व्यवस्थापिका संसद्को पहिलो ठूलो दल तथा प्रमुख सत्ता साझेदार दल कांग्रेसभित्र संविधान संशोधन र निर्वाचनलाई विवाद बढेको छ । सरकारले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै संसद्मा टेबल गरेको संविधान संशोधन पहिले गर्ने कि निर्वाचन पहिले भन्ने विषयमा कांग्रेसभित्र विवाद चुलिएको हो ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले पहिला संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउँदै आए पनि रामचन्द्र पौडेल पक्षीय तथा कोइराला परिवारका प्रायः सबै नेताहरूले संशोधनलाई थाती राखेर निर्वाचनमा जानुपर्ने अडान राखेका छन् ।
कांग्रेसभित्रकै आन्तरिक विवादका कारण संशोधन वा निर्वाचन भन्ने विषयमा संस्थागत निर्णय हुन सकेको छैन । आइतबार सभापति देउवाले मधेसी मोर्चासँग संशोधन टुंग्याएर मात्रै निर्वाचनमा जाने सहमति गरेको प्रति पनि नेताहरूले आपत्ति जनाएका छन्। राजधानी