बागलुङ, २३ माघ नेकपा -एमाले समर्थीत विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को जिल्ला भेला शनिबार सम्पन्न भएको छ । भेलाले शेखर खड्काको अध्यक्षतामा ५१ सदस्यीय अठारौँ बागलुङ जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा दिनेश थापा, सचिवमा शिव शर्मा, उपसचिव प्रतिक घर्ती मगर र कोषाध्यक्षमा रविना विक रहनुभएको छ । आयोजक कमिटीले जेठको पहिला हप्ता जिल्ला अधिवेशन गर्ने बताइएको छ ।
कार्यक्रम उदघाटन समारोहमा बोल्दै नेकपा एमाले वैकल्पिक केन्दीय सदस्य मना केसीले नेकपा एमालेलाई बलियो पार्टी निर्माण गर्ने विद्यार्थी संगठनको अहम भूमिका हुने भएकाले संगठन निर्माण र शैक्षिक अभियभानलाई अनेरास्ववियुले गति दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा अनेरास्ववियुका केद्रीय सदस्य तथा बागलुङ इन्चार्ज प्रकाश पौडेल, नेकपा एमाले जिलला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव लालबहादुर थापा, केन्द्रीय उर्जा विभाग सदस्य हिरा केसी लगायतले बोलेका थिए ।
कार्यक्रम अनेरास्ववियु जिल्ला अध्यक्ष नारायण पौडेलको अध्यक्षता, महेन्द्र शर्माको स्वागत र दानबहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleनाङ्गलीबाङ पूर्णखोप सुनिश्चित गाविस
Next Article २०७३ माघ २४ गते सोमबारको राशिफल