पर्वत, २३ माघ जिल्लाको नाङलीवाङ्ग गाविसलाई शनिबार पूर्ण खोप सुनिश्चित भएको गाविस घोषण गरिएको छ ।
गाविस भित्र रहेका दुई वर्ष भित्रका एक सय १० जना बालबालिकालाई विभिन्न प्रकारका खोपको मात्रा पुरा गरे पछि स्थानीय विकास अधिकारी युवराज गौतमले पूर्ण खोप सुनिश्चित गाविस घोषण गरेका हुन । घोषण कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारले खोपको मात्र पुरा गर्न सके बालबालिकाहरुको स्वास्थ्य अवस्था सुधार हुने बताएका थिए ।
नाङलीवाङ पर्वतको ३५औँ पूर्णखोप सुनिश्चित भएको गाविस घोषण भएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका डा. सरोजचन्द्र दाहाल, आईपिडि पोखराका डा. नन्दलाल सिकर्मी, माओवादी केन्द्रीका सल्लाहकार गगनबहादुर महत, दुर्गाबहादुर खत्री, नेपाली काग्रेस गाउँ सभापति हरिविकास जिसी, नेकपा एमालेका अध्यक्ष महेन्द्र रेग्मी, माओवादी केन्द्रका गाविस अध्यक्ष हरेमबहादुर खत्री, राप्रपाका अध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, सहकारीको तर्फबाट तुलबहादुर खत्री, समाजसेवी भीमबहादुर रेग्मी, शिव माविका प्रधानध्यापक रत्नबहादुर केसी, सोमबहादुर जिसी, अनाथलय प्राविका प्रधानध्यापक हरिनारायण रेग्मीले बोलेका थिए ।
खोपको महत्व र आवश्यकताको बारेमा खोप सुपर भाईजर देवेन्दू गुरुङले जानकारी दिएका थिए । कार्यक्रम गाविस सचिव गौतम जिसीको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज भगवति शर्माको स्वागत र नारायणदक्त रेग्मीले गर्नु भएको स्वास्थ्यकर्मी पार्वती थापाले जानकारी दिइन ।