बागलुङ, २२ माघ/अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सदस्य तथा बागलुङ इन्चार्ज प्रकाश पौडेलले समृद्ध मुलुक निर्माणका लागि विद्यार्थीहरुलाई व्यवहारिक र वैज्ञानिक शिक्षा आवश्यक रहेको बताएका छन् । अनेरास्ववियूले गलकोट बहुमुखी क्याम्पस बागलुङमा आयोजना गरेको विद्यार्थी भेलामा बोल्दै इन्चार्ज पौडेलले यस्तो बताएका हुन् । विद्यार्थीहरुलाई सही शिक्षा र मार्ग दर्शन भएन भने मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण संभव नहुने भन्दै उनले भविष्यका देश निर्माता युवा विद्यार्थीलाई सही राजनीतिक दिशा दिन आवश्यक रहेको बताए । यतिबेला राष्ट्रियता कमजोर भएको छ, राष्ट्रियताको रक्षाका लागि आम युवा विद्यार्थीहरु सचेत बन्नु पर्नेमा उनको जोड थियो । कार्यक्रममा अनेरास्ववियू म्याग्दीका सचिवालय सदस्य सुजन हमाल, सदस्य विकास केसी लगायतले बोलेका थिए । कार्यक्रम अनेरास्ववियूका दिपेन्द्र गौतमको अध्यक्षता, विष्णु खत्रीकोे सञ्चालन र धौलागिरि बहुमुखी क्याम्पस प्रारम्भिक कमिटिका सचिवालय सदस्य रोशन जिसीको स्वागत सम्पन्न भएको थियो । भेलाले दिपेन्द्र गौतमको अध्यक्षतामा अनेरास्ववियू गलकोट बहुमुखी क्याम्पस प्रारम्भिक कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा रोशन थापा, सचिवमा दिपा गौतम, सहचिवमा मधु खत्री र कोषाध्यक्षमा रेशम श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुमा सविता निउरे, विष्णु सुनार, सविता बुढाथोकी, सुरक्षा खत्री, मञ्जु खत्री, भावना खड्का, अनु शाही, गिता सापकोटा, सिता थापा, विनिता श्रीस, भवि कुवर, कोपिला कार्की, बसन्त कार्की, सिता न्यौपाने, विष्णु बस्नेत, सरिता खत्री, सरस्वती कार्की, राजन खत्री र प्रतिक भण्डारी रहेका छन् ।
Previous Articleप्रधानमन्त्रीले भने – ‘नआत्तिनुस्, चुनाव घोषणा भएको छैन’
Next Article गाउँमै बनेको झोला बोक्दै विद्यार्थी