बागलुङ, २१ माघ/धवलागिरी बहुमुखी क्याम्पसका विज्ञान र शिक्षा विभागका पूरै कक्षाहरु आंशिक शिक्षकहरुले नै चलाएका छन् । शैक्षिक सत्र २०६७÷२०६८ देखि स्नातक तहमा विज्ञान विषय संचालित भएको यस क्याम्पसमा विज्ञान विभागमा नौ जना आंशिक शिक्षकहरु कार्यरत छन् । यस्तै शैक्षिक सत्र २०६७÷६८ देखि शिक्षा विषयमा स्नातकोत्तर तहको पठनपाठन गराउँदै आएको क्याम्पसमा दुई जना आंशिक शिक्षकहरुले नै उक्त विभाग पनि धानिरहेका छन् । उक्त कुराको जानकारी धवलागिरी बहुमुखी क्याम्पसको वार्षिक उत्सवको अवसरमा आयोजित मूल समारोहको कार्यक्रममा बुधबार क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल क्याम्पसमा ७४ जना शिक्षकहरु कार्यरत छन् । तीमध्ये ३८ जना पूर्णकालीन र ३६ जना आंशिक शिक्षकहरु रहेका छन् । सोही समारोहमा बोल्दै आंशिक पं्राध्यापक संघका सभापति विष्णुप्रसाद चापागाईंले प्रश्न गरे, ‘बाँच्नका लागि हामी बाहिर जानुपर्छ, कति दिन पढाउने हो ठेगान छैन ? अनि के उत्साहले पढाउने ?’ गुणस्तरीय शिक्षा दिने होभने शिक्षकहरुलाई पूर्णकालीन गर्नुपर्छ ।’ समारोहमा समय माग गरेर बोलेका विज्ञान विषयका स्नातक दोस्रो वर्षका विद्यार्थी सुरेश शर्माले विज्ञान विषय धेरै महंगो भएको भन्दै एकपटक आफूले दरबन्दी आएको सुनेको तर शुल्क नघटेको गुनासो गरे । स्मरणीय रहोस, त्रिभुवन विश्वविद्यालयले २०७१ कार्तिकमा धवलागिरी क्याम्पसलाई नौ दरबन्दी दिएको थियो तर राजनीतिक खिचलोका कारण क्याम्पसले विज्ञापन गर्न नपाउँदै स्थगन गरेको थियो । त्यतिबेला विज्ञानका लागि ४, मानविकीका लागि ४ र व्यवस्थापनका लागि १ दरबन्दी दिएको थियोभने शिक्षामा दरबन्दी दिएको थियो । कार्यक्रम थपिने तर शिक्षक नदिने हुँदा शैक्षिक कार्यक्रम चलाउन समस्या भएको क्याम्पसको वार्षिक प्रतिवेदनमा उल्लेख छ । समारोहमा प्रस्तुत क्याम्पस प्रमुखको प्रतिवेदन अनुसार क्याम्पस ८६ लाख ९४ हजार ४७० रुपैयाँ ६५ पैसा घाटामा रहेको छ । क्याम्पस स्रोतका अनुसार, त्रिविले पूर्णकालिन शिक्षक कर्मचारीको मात्रै तलब भत्ता उपलब्ध गराउने तर स्थानीय कार्यक्रम र अतिरिक्तका लागि रकम उपलब्ध नगराउने हुँदा क्याम्पसले घाटा ब्यहोर्नु परेको हो । दुर्गम क्षेत्र भएकाले क्याम्पसका पर्याप्त आर्थिक स्रोतहरु नभएको पनि स्रोतले उल्लेख ग¥यो । यदि शिक्षक दिने होभने क्याम्पसले घाटा व्यहोर्नु नपर्ने उक्त स्रोतले बतायो ।