कृष्ण कँडेल, बागलुङ, २१ माघ/गत साउनको बाढीले कटान गरेको बुर्तिबाङ बजारको तटिय क्षेत्रमा तटबन्धका लागि निर्वाचन क्षेत्र विकास पुर्वाधार विशेष कार्यक्रममार्फत काम हुने भएको छ । सरकारबाट निर्वाचन क्षेत्रको पुर्वाधार विकास कार्यक्रमका लागि प्राप्त हुने ३ करोड बजेटमध्ये सांसद ज्ञानकुमारी छन्त्यालले बुर्तिबाङ बाजरको तटबन्धका लागि ४० लाख विनियोजन गरेकी हुन् । स्थानियबासीले ८ लाख रकम बराबार जनश्रमदान गर्नुपर्ने व्यवस्था छ । यो बजेटबाट काम गरिने विकास योजना छनोट समितिको संयोजक सम्वन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने कानुनी व्यवस्था छ । शेरातर्फ जाने झोलुङ्गे पुलदेखि बुर्तिबाङ बजार तर्फको खोला किनारबाट गाविस कार्यालय, लक्ष्मी कुण्डघाट, कबर्ड हलहुँदै चुरेलाबाससम्म बढि जोखिम भएका ठाउँमा तटबन्ध गर्ने गरि बानबहादुर छन्त्यालको अध्यक्षतामा तटबन्ध निर्माण समिति गठन गरेर काम सुरु गर्ने तयारी भएको छ । समितिका अध्यक्ष छन्त्याल सहितको टोली योजना सम्झौताका लागि बागलुङ बजार आएको सचिव सोमबहादुर पौवि यामुले जानकारी दिए । उजले तटबन्ध निर्माणको काम उपभोक्ता समितिमार्फत हुने भएकाले निर्माण सामग्री जुटाउने लगायतका तयारी सुरु भईसकेको र सम्झौता पछि बजेटले पुग्ने ठाउँमा काम तत्काल सुरु हुने बताए । तर बुर्तिबाङ बजारदेखि पारी टारीखेततर्फ खोला किनारका बासिन्दाले आफुहरुको क्षेत्रतिर पनि उच्च जोखिम रहेको पनि बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । त्यहाँका स्थानिय अगुवा धनबहादुर खत्रीले पहुँच हुनेले आफुहरुसँग छलफल नै नगरी आफ्नो क्षेत्रमा मात्र बजेट हालेको बताए । उनले जुनसुकै बजेटबाट भएपनि आउने बर्षात् अघि नै काम हुने गरि योजना पारिदिन यसअघि भएको ईलाका गोष्ठिमा लिखित निवेदन दिएको बताए । यसअघि बुर्तिबाङ नयाँ शहर आयोजनाका प्राविधिकले सर्वे गर्दा बुर्तिबाङ बजारलाई तटबन्ध गरि न्युनतम रुपमा सुरक्षित गर्नका लागि झण्डै २७ करोड बजेट आवश्यक पर्ने देखिएको थियो । खोलाका आएको बाढीले कटान गरेर उच्च जोखिमा रहेको बुर्तिबाङ बाजर जोगाउन निर्वाचन क्षेत्र विकास पुर्वाधार विकास कार्यक्रमबाट ४० बजेट परेपछि प्रभावित बासिन्दाले आफ्नो क्षेत्रमा काम हनुपर्ने माग गर्दै आएका छन् । कटान भएको क्षेत्रमा रहेका शेरातर्फ जाने पुल, न्यु मोर्डन एकेमेमी, लक्ष्मी कुण्डघाट, कबर्ड हल, बजार पारी टारिखेत लगायतका ठाउँमा घरबस्ती र विद्यालय उच्च जोखिममा छन् । जोखिमा रहेको बुर्तिबाङ बाजर जोगाउन पर्याप्त बजेट र कार्यक्रम नहुँदा छुट्टिएको थोरै रकममा स्थानिय बीच तानातान हुने गरेको छ । उच्च जोखिम भएको ठाउँमा काम गर्ने गरि ४० लाख बिनियोजन भएको र त्यसले सबैतिर नपुग्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दासँग समन्वय गरेर बढि जोखिम रहेको ठाउँमा बजेट खर्च हुने सांसद ज्ञानकुमारी छन्त्यालका स्वकिय सचिव सगर छन्त्यालले जानकारी दिए । स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले स्थानिय समस्यामा प्राथमिकताको आधारमा सम्बन्धित क्षेत्रको सांसदले तोकेको ठाउँमा काम गर्ने कानुनी व्यवस्था भएकाले सांसद्मार्फत छनोट हुने योजनामा बजेट कार्यान्वय हुने बताए ।
Previous Articleविज्ञान र शिक्षा आंशिकको भरमा !
Next Article २१ माघ २०७३, ढोरपाटन दैनिक