बागलुङ, २१ माघ/कुश्मीसेरा गाविस वडा नं. ८ स्थित तिनहरे गोरेटोमा एक जनाको शव फेला परेको छ । कुश्मीसेरा–५ का ४५ बर्षिय कृष्णबहादुर थापाको शव भेटिएको प्रहरीले बतायो । बुधबार रक्सी पिएर हिडेका उनको शव राती ८ बजे भेटिएको थियो । स्थानीय युवाहरु मिलेर रक्सी पिएर हिडेको र एक आपसमा झगडा हुँदा कुटाकुटबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । थापा घरमा नआएपछि खोजी गर्ने क्रममा शरिरमा घाउचोट लागेको देखिएको अवस्थाको शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त घटनापछि प्रहरी नायव उपरिक्षक अनिलकुमार खड्काको नेतृत्वमा गएको टोलीले घटनास्थल मुचुल्का उठाएर शव अञ्चल अस्पताल बागलुङ ल्याएको छ । पोष्टमार्टमपछि घटनाबारे थप जानकारी दिन सकिने प्रहरीले बतायो । उक्त घटनामा शंकास्पद ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथी थप अनुसन्धान भैरहेको बताइएको छ ।
Previous Articleसडकमा ट्रयाक खोल्ने काम शुरु
Next Article विज्ञान र शिक्षा आंशिकको भरमा !