बागलुङ, २० माघ/दरमखोला जलविद्युत परियोजनाको बसन्त पञ्चमीको अवसर पारेर शिलन्यास गरिएको छ । बागलुङको रिघा वडा नं. ७ मा रहेको परियोजनाको मुहानमा बुधबार पुजा अर्चना सहित शिलन्यास गरिएको हो । नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय पोखराका निर्देशक रामजी भण्डारीले सो परियोजनाको शिलन्यास गर्दै परियोजनाले नेपालकै विद्युत आपूर्तिमा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण बागलुङ शाखाका प्रमुख रोहणी पौडेल, इन्जिनियर विकास श्रेष्ठ लगाएतले बोलेका थिए । कार्यक्रम दरमखोला हाइड्रो इनर्जी कम्पनीका अध्यक्ष नरबहादुर पुन निरजको अध्यक्षता तथा नारायण पौडेलको संचालनमा सम्पन्न भएको थियो । २०७६ साल पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनावाट ९ दशमलव ८ मेघावाट विद्युत उत्पादन हुने परियोजनाले जनाएको छ । करिव २ अर्बको लगानी रहने परियोजनाले ३० प्रतिशत शेयर स्थानिय ६ गाविसका उपभोक्ताबाट उठाउने भएको छ । रिघा, काँडेबास, दगातुन्डाँडा र पाण्डवखानी तथा अर्लाङकोट र वामीका उपभोक्तावाट ३० प्रतिशत शेयर लगानी गर्नेछन् ।
Previous Articleन्यू एभरेष्ट अक्याडमीको वार्षिकोत्सव
Next Article ‘निर्वाचन गर्ने भन्नेमा आयोगनै अन्यौलमा’