बागलुङ, २० माघ/न्यू एभरेष्ट एकेडेमी बागलुङको ११ औं वार्षिकोत्सवको मुल समारोह बुधबार सकिएको छ । सोमबारदेखि विद्यालयमा विद्यार्थीबीच विविध कार्यक्रम गरि मनाइएको हो । मुल समारोहमा बोल्दै जिल्ला शिक्षा कार्यालय बागलुङका प्रमुख जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले राम्रो विद्यार्थी उत्पादन गर्नको लागि सरकारी तथा नीजि स्कुलहरुले एक भएर लाग्नुपर्ने बताएका थिए । उनले देश निर्माणको लागि राम्रो विद्यार्थीहरुको आवश्यकता पर्ने हुँदा सवै विद्यालयहरुले विद्यार्थीहरुलाई राम्रोसँग पढाईमा लगनशिल बनाएर राम्रो तथा दक्ष विद्यार्थीहरु उत्पादन गर्नुपर्ने बताए । उक्त कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय प्रशासन अधिकृत लोकनाथ आचार्य, विद्यालय निरिक्षक प्रकाशबन्दु अर्याल, प्याव्सन प्रदेश नम्बर ४ का वरिष्ठ उपाध्यक्ष विजयराज पन्त, सचिव नवराज श्रेष्ठ, प्याव्सन बागलुङका सचिव दल बहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियार, अभिभावक सरिता केसी र प्रिन्सियस मन्टेश्वरी बागलुङका अध्यक्ष राजन शर्मा र विद्यार्थी सदिक्षा बोगटीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा विद्यालयले आयोजना गरेको स्कुल स्तरिय हाजिरिजवाफ प्रतियोगिता, भलिवल प्रतियोगिता, फुटसल प्रतियोगिता, अभिभावकहरु बीच घैटोफोर प्रतियोगिता लगायतका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षक सुवर्ण मल्ल र संचालन शिक्षिका सनम खत्रीले गरेकी थिइन । विद्यालयको प्रगति विवरण विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । यसैबीच, आर्दश विद्यामन्दिर उच्चमावि बागलुङको २६ औं वार्षिकोत्सव तथा सरस्वती पूजा विभिन्न कार्यक्रम गरी मनाईएको छ । कार्यक्रममा बोल्दै पूर्व उर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले विद्यार्थी, अभिभावक र शिक्षक विचको सहकार्यले नै विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा वृद्धि हुने भन्दै विद्यार्थीहरुलाई सैद्धान्तीक ज्ञान भन्दा व्यवहारिक ज्ञानको खाचो रहेको बताए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बागलुङका शाखा अधिकृत लोकनाथ आचार्य, नेपाली कांग्रेस बागलुङका निर्वतमान उपाध्यक्ष जगदिश चन्द्र उपाध्याय, अभिभावको तर्फवाट जगत बहादुर रोका, भु.पु विद्यार्थीको तर्फवाट अनिता घिमिरे तथा विजय शर्मा र विद्यार्थीको तर्फवाट कक्षा नौं मा अध्ययनरत सुरक्षा शर्मा र कक्षा आठमा अध्ययनरत विनायक शर्माले बोलेका थिए । कार्यक्रममा सरस्वती पूजा, प्रसाद ग्रहण, गित तथा नृत्य प्रस्ततु गरिएको थियोभने सोमबार र मंगलवार गरिएको अतिरिक्त कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण वहादुर के.सीको अध्यक्षता, शिक्षक शिवप्रसाद पौडेल तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी संझना थापाकोे स्वागत, प्रिन्सिपल रेशम बहादुर के.सी र लेखापाल शिव बहादुर के.सीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच, धौलागिरी आवासीय माध्यमिक विद्यालय बागलुको चौँथो वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । वार्षिकोत्सवको मुल समारोहमा बोल्दै जिल्ला शिक्षा कार्यालय बागलुङका विद्यालय निरीक्षक प्रकाशबन्धु अर्यालले शैक्षिक सुधारको लागि निजी विद्यालयहरुले गरेको प्रयासलाई अन्य क्षेत्रका विद्यालयले पनि सिको गर्नुपर्ने बताए । कार्यक्रममा धौलागिरी स्वभिमान कम्पनी लिमिटेडका अध्यक्ष बाबुराज कार्की, प्रिन्सीपल राजेन्द्र राई, शिक्षक इन्दीरा खडका, विद्यालय व्यवस्थापन समितिका सदस्य भीम केसी लगायतले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, विद्यार्थी सृजना खडकाको स्वागत, शिक्षाक हेमा खडका र ओम घर्ती मगरको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा सो अवसरमा शिक्षक पुष्पा राहुल, लेखापाल प्रेम जिसी र सवारी चालक रामबहादुर रोकायलाई सम्मान गरिएको थियो ।