बागलुङ, १९ माघ – नेपाल मावि ताराखोलामा सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरेको छ ।
कार्यक्रममा बोल्दै श्रोतव्यक्ति डिल्लीप्रसाद शर्माले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक लगायत सम्पुर्ण सरोकारवाला एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रमको अवसरमा निर्वाचन मण्डलका संयोजक नरेश केसी, शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य लिला विक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले दिवश खत्री पदमको अध्यक्षतामा गठन भएको ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव प्रधानाध्यापक भिमनाथ सुवेदी रहेका छन् । सदस्यहरुमा लिला विक, खगराज सापकोटा, सपना वुढाथोकी, गौमती घर्ती, लोक बहादुर क्षेत्री, दिर्घ घर्ती, सिता सापकोटा रहेका छन् । भेलाले धनबहादुर खत्रीको अध्यक्षतामा ७ सदस्यिय शिक्षक अभिभावक संघ गठन गरेको छ ।
कार्यक्रममा दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित दिवश खत्री पदमले विद्यालयको सबै पक्षको सुधारका लागि आफुले सम्पुर्ण सरोकारवालासँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेला कर्णबहादुर चोखालको अध्यक्षता, शिक्षक दिपेन्द्र पौडेलको स्वागत र शिक्षक रामलाल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।