बागलुङ, १९ माघ – नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको तमानखोला गाउँपालिका स्तरिय भेलाले नयाँ कार्यसमिति गठन गरेको छ । भेलाले नरकुमार गोतामेको अध्यक्षतामा २५ सदस्यीय प्रथम भेला आयोजक समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा शंकर रसाइली, सचिवमा होमबहादुर घर्ती, सहसचिवमा भेजेन्द्र पुन र कोषाध्यक्षमा अमृता गिरी रहेका छन् । सुर्य सिर्पालीको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति र लकदेवी गोतामेको संयोजकत्वमा ५ सदस्यीय महिला उद्यमी समिति गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक रतन मलेपतीले स्वाधिन अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय उद्योगि व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य सुर्य सिर्पाली र दलित सञ्जालका लिलबहादुर सुनारले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम शंकर रसाईलीको अध्यक्षता, अन्तरपार्टि महिला सञ्जालका अध्यक्ष तारा घर्ती मगरको स्वागत र नेपाल राष्ट्रिय उद्योग व्यापार संठनका जिल्ला सहसंयोजक बाबु डियर हमालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच, निसीखोला गाउँपालिकामा सम्पन्न भेलाले कृष्णबहादुर शाहीको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिवमा हिराबहादुर पुन र कोषाध्यक्षमा सुनकुमारी घर्ती रहेका छन् ।
प्रेमबहादुर घर्तीको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति र सुनकुमारी घर्तीको संयोजकत्वमा ३ सदस्यीय महिला उद्यामी समिति गठन गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय पार्षद् राजबहादुर थापाले मुलुकको आर्थिक समृद्धिका लागि स्थानिय साधन स्रोतको परिचालन गरि व्यवसाय गर्नुपर्ने बताए । प्रदेश नम्बर–४ का सदस्य अर्जुन चोखालले राष्ट्रिय पुँजीको निर्माण गरेर मात्र स्वाधिन अर्थतन्त्र विकास गर्न सकिने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सम्मेलन आयोजक समिति सदस्य नन्दबहादुर चन्द र व्यवसायी रामप्रसाद पौडेलले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम कृष्णबहादुर साहिको अध्यक्षता, जानसिंह कुँवरको स्वागत र हिराबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleनेपाल मावि ताराखोलाको अध्यक्षमा खत्री
Next Article १९ माघ २०७३, ढोरपाटन दैनिक