महाभारतको अनौठो प्रेमकथा
काठमाडौं, १८ माघ – महाभारतका चर्चित पात्र द्रौपदीका बारेमा अनेक चर्चा चल्ने गर्छ । पाँच पतिका साझा श्रीमतीका रुपमा रहेका कारण पनि द्रौपदी विवादित पात्रका रुपमा चिनिन्छिन् । राजा दु्रपदले यज्ञको आयोजना गरी पुत्र धृष्टद्युम्न र पुत्री द्रौपदीलाई प्राप्त गरेका थिए । जन्मेको कयौंबर्षसम्म पनि राजा द्रुपदले आफ्नी पुत्रीको रुपमा द्रौपदीलाई स्वीकार गरेका थिएनन् ।
पाँच पतिसँग विवाहपश्चात द्रौपदी पांचाली नामबाट चिनिएकी थिइन् । द्रौपदीले अर्जुनभन्दा पहिला दानवीर कर्णसँग प्रेम गरेकी थिइन् । तर आफ्नो बुबा दु्रपदको प्रतिशोधपूर्ण प्रतिज्ञा र मानसम्मानका कारण द्रौपदी र कर्णको प्रेम सफल हुन सकेनन् । थाहापाउनुस् द्रौपदीको पहिलोप्रेम कर्णसँग कसरी भएको थियो । र, अन्त्यमा उनीहरुको प्रेम कसरी टुटेको थियो ।
महारथी कर्णको द्रौपदीसँग प्रेम
पांचाल देशका राजा द्रुपदकी पुत्री भएकी कारण द्रौपदीको सुन्दरताका बारेमा कयौं राज्यमा चर्चा चल्ने गर्थे । उनको सुन्दरता ,बुद्धि र विवेक देखेर धेरै राजाहरु मोहित भएका थिए । तर दानवीर कर्ण द्रौपदीको निडर स्वभाव देखेर निकै प्रभावित भएका थिए । द्रौपदी आफ्ना साथीहरुसँग घुम्न निस्कने गर्थिन् । र,द्रौपदीको सुन्दरताबाट मोहित भएका कर्णले द्रौपदीलाई मनदेखि नै मनपराउन थालिसकेका थिए ।स्वयंवर अघि नै द्रौपदीले कर्णलाई प्रेम गर्थिन्
द्रौपदीलाई विवाहका लागि उनका पिता द्रुपदले राजकुमारहरुको तस्वीर देखाउने क्रममा कर्णको तस्वीर पनि सँगै देखाएका थिए । किनकी कर्ण दुर्योधनको साथी भएका कारण कर्णलाई सबैले राजकुमारकै मानसम्मान दिने गर्थे । द्रौपदीले कर्णलाई देखेर मनपराउन थालेकी थिइन् । दरवारमा स्वयम्बरको लागि आएका पाण्डव,राजकुमारको भीडमा कर्णलाई द्रौपदीले खोज्दै थिइन् ।
यसकारण हुनसकेन द्रौपदीको कर्णसँग विवाह
द्रौपदीलाई उनको पिता द्रुपदले भीष्म पितामहसँग प्रतिशोध लिने प्रतिज्ञा पहिले नै भनिसकेका थिए । साथै द्रौपदीले पनि कर्ण सूतपुत्र भनेर थाहापाइसकेकी थिइन् । यदि कर्णसँग उनको विवाह भएमा उनी जीवनभर दासकी पत्नी भएर बस्नुपर्ने थियो । कर्णसँग विवाह भएमा आफ्ना पिताको प्रतिज्ञा पनि पूरा हुने थिएन । यस दुविधामा परेर द्रौपदीले आफ्नो प्रेमलाई तिलाञ्जली दिने निर्णय गरेकी थिइन् ।स्वयम्बरमा गरिन् कर्णको अपमान
निराशामा डुबेकी द्रौपदीले स्वयम्बरमा कर्णलाई सूतपुत्र भनेर अपमानित गरेकी थिइन् । द्रौपदीको कुराले कर्णको मनमा मनमा निकै आघात परेको थियो । द्रौपदीजस्तो विवेकशील र निडर महिलाले जातिको आधारमा अपमान गर्छ भनेर कर्णले सोचेका पनि थिएन ।
दुबैले आफ्नो मनको कुरा कहिल्यै खोलेनन्
स्वयम्बरमा अपमानित भएपछि कर्णले द्रौपदीलाई कहिलेपनि पहिलेजस्तो ठानेन । पाँच पाण्डवसँगको विवाहपश्चात पनि द्रौपदीले कर्णलाई आफ्नो मनबाट निकाल्न सकेकी थिइनन् ।
चीरहरणको समयमा कर्णबाट सहयोगको अपेक्षा
दुर्योधनसँगको पासा खेलमा द्रौपदीलाई समेत दावामा हालेर पाण्डवपक्षले हारेपछि दुशासनले द्रौपदीको चीरहरण गरेका थिए । यस समयमा द्रौपदीलाई कर्णले सहायता गर्छन कि भनेर आशा थियो । तर आफ्नो ब्यवहारबाट आत्मग्लानी भएका कारण पनि द्रौपदीले कर्णसँग यस्तो आग्रह गर्न सकिनन् । कर्ण पनि स्वयम्बरमा भएको आफ्नो अपमानको प्रतिशोध लिने उदेश्यले मौन बसेका थिए ।
मृत्युशैयामा रहेका भीष्मलाई भने कर्णले रहस्य
महाभारतको अन्तिम युद्धमा असंख्य बाण लागेर ढलेका भीष्मलाई कर्णले भेट्न जाँदा द्रौपदीसँगको आफ्नो प्रेमको बारेमा बताएका थिए । कर्णले जीवनभर द्रौपदीसँग प्रेम गरिरहने बताएका थिए । यसभन्दा पहिला पनि कर्णले भीष्मले द्रौपदीलाई मनपराएको बारेमा बताउँदै आएका थिए । भीष्मलाई कर्णले भनेका प्रेमका कुरा एकपटक सुनेकी द्रौपदीले कर्णले पनि आफुले जस्तै प्रेम गर्ने कुरा थाहा पाएकी थिइन् ।
…यसकारण अन्त्य भयो दुबैको प्रेम
भुमिदेवको श्रापका कारण महाभारत युद्धमा कर्णको रथको पांग्रा जमिनमा धसेको थियो । साथै उनले मन्त्र पनि भुलेका थिए । यसकारण उनले आफ्नो बचाउ गर्न सकेन र अर्जुनको बाण प्रहारबाट मृत्यु भएको थियो । यसरी द्रौपदीका पति अर्जुनले कर्णको बध गरेर द्रौपदीको प्रेम सदाको लागि मेटाईदिए ।
स्वर्गमा कर्णले गरे द्रौपदीको अभिनन्दन
मृत्युपश्चात आफ्नो पाँचै पतिका साथ स्वर्गलोक पुगेकी द्रौपदीलाई कर्णले हाँस्दै स्वागत गरेका थिए ।एजेन्सी
Previous Articleफ्रान्सेली आइरिस बनिन् मिस युनिभर्स
Next Article २०७३ माघ १९ गते बुधबारको राशिफल