बागलुङ, १८ माघ /नयाँ शक्ति पार्टी बागलुङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुुुुपातिक व्यवस्थापिका संसदको शासकिय स्वरुपका लागि हस्ताक्षर संकलन गरेको छ । संविधान संशोधनको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुुुुपातिक व्यवस्थापिका संसदको शासकिय स्वरुपका लागि देशभर १० लाख हस्ताक्षर संकलन गर्ने अभियान अन्तरगत बागलुङ जिल्लामा पनि हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर संकलन अन्तरगत सोमबार मात्र १ हजार ५ सयभन्दा बढि संकलन गरिएको र माघ महिनाभर जिल्लाव्यापी रुपमा संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जिल्ला संयोजक चित्र सापकोटाले जानकारी दिए । बागलुङको जिपपार्कमा गरिएको हस्ताक्षर संकलन अभियानको पार्टीका प्रदेश नम्वर ४ का संयोजक बलावती शर्माले शुरुवात गरेकी थिइन् । सो अवसरम बोल्दै शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुुुुपातिक व्यवस्थापिका संसदको शासकिय स्वरुपका लागि दबाव दिन देशव्यापी रुपमा अभियान संचालन गरिएको बताइन् । जिल्लाभर संचालन गरिने अभियान अन्तरगत सदरमुकामको धौलागिरी चोक, लोकतान्त्रिक चोक, हल्लनचोक र समिट चोकमा हस्ताक्षर संकलन गरिने प्रचार बिभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।