बागलुङ, १८ माघ/धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा ५४ औँ बार्षिकोत्सवको अवसरमा गजल बाचन प्रतियोेगिता सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा सम्पन्न गजल बाचन प्रतियोगितामा बि.एड दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थी कमला आचार्य प्रथम, बिबिएस दोस्रो बर्षमा अध्यनरत प्रकाश आचार्य द्धितिय, बिएड दोस्रो बर्षमा अध्यनरत सम्झना आचार्य तृतिय र बिएड प्रथम बर्षमा अध्यनरत सुरक्षा खड्का सान्त्वना भएका छन् । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिभिन्न कार्यक्रम सहित मनाउदै आएको बार्षिकोत्सव बिगतका केहि बर्ष हुन नसक्नु दुखद भएको बताउदै आगामि दिनमा निरन्तरताको लागि सवैको सहकार्य आवश्यक हुने बताए । नेपाल विद्यार्थी संघका केन्द्रिय सहमहामन्त्री हरिहर शर्माले शैक्षिक गुणस्तरका निम्ती देशमा व्यवहारिक, बैज्ञानीक र प्राविधिक शिक्षाको आवश्यकता रहेकाले त्यसका लागि सिंगो विद्यार्थी आन्दोलनमा आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष खड्कबहादुर थापा, स्ववियु सभापति चिरञ्जिवी गौतम, नेविसंघ धवलागिरी बहुमुखी क्याम्पस इकाइ अध्यक्ष राजु केसी र कोषाध्यक्ष केन्द्र रसाइलीले मन्तव्य व्यक्त गरेका थिए । २६ जना प्रतियोगिहरुको सहभागिता रहेको गजल बाचन कार्यक्रममा स्रष्टा तथा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष ताराप्रसाद शर्मा र सल्लाहकार कोपिला कँडेलले पनि रचना बाचन सहित मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम गजल प्रतियोगिताका संयोजक विष्णुराज पौडेलको अध्यक्षता सुदिप सागर कँडेलको स्वागत र धवलागिरी बहुमुखी क्याम्पस इकाइ सचिव श्रीकृष्ण पौडेलले गरेका थिए ।
Previous Articleपरिक्षा दिन हिडेकी छात्राको बाटोमै मृत्यु
Next Article कोषद्वारा आय–व्यय सार्वजनिक