बागलुङ, १८ माघ/जिल्लाको हुग्दीशिरमा परिक्षा दिन घरबाट बिद्यालय तर्फ हिडेकी एक छात्राको बाटोमै मृत्यु भएको छ । बागलुङ जिल्ला हुग्दिसिर गाबिस वडा नं. ३ गेरुढुङगा निवासी १५ बर्षिय तृसना पुनको ह्ृदयघातका कारण मृत्यु भएको हो । सोमबार बिहान घरबाट परिक्षा दिनका लागि बिद्यालय तर्फ हिंडेको र बिद्यालय नजिक पुग्दा चक्कर लागेर ढलेपछि मृत्यु भएको परिवारले जनाएका छन् । हुग्दिसिर गाबिस–३ स्थित सर्बोदय माध्यामीक बिद्यालयको कक्षा ८ मा अध्यनरत छात्रा पुन घरवाट बिद्यालयमा आउँदै गर्दा चक्कर लागेर ढलेपछि बाटो मै मृत्यु भएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिराबहादुर पुनले बताए । बुबा तेज बहादुर पुन र आमा नन्दकली पुनको कोखबाट जन्मेकी मृतक तृसनाको बाल्यकालदेखि नै मुटु रोगको समस्यामा रहेको र नियमित रुपमा मुटुको औषधि सेवन गर्दै आईरहेको अभिभावकको भनाई रहेको छ ।