बागलुङ, १८ माघ/धवलागिरी बहुमुखी क्याम्पस बागलुङको वार्षिकोत्सव चलिरहेको छ । वार्षिकोत्सवको अवसमा सोमवार नयाँ शक्ति विद्यार्थी युनियनको संयोजनमा टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । नयाँ शक्ति विद्यार्थी युनियनको संयोजनमा सम्पन्न प्रतियोगिततामा महिलातर्फ बिए प्रथम वर्षकी सुरक्षा भण्डारी प्रथम, पुरुषतर्फ बिबिएस प्रथम वर्षका विवेक जिसी प्रथम र बिक्रम परियार बिबिएस चौथो वर्ष द्धितिय भएका छन् । प्रतियोगितामा पुरुष १६ जना, ४ जना महिला गरि जम्मा २० जना प्रतियोगिहरु सहभागि रहेको विद्यार्थी युनियनका केन्द्रिय सचिवलाय सदस्य प्रकाश केसीले जानकारी दिए । यसैबीच, न्यु ओएसिस एकेडेमी बागलुङमा अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । विद्यालयको २० औँ वाषिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगीतामा न्यु ओएसिस एकेडेमी ‘क’ प्रथम, गरिमा आवासीय मावि द्धितीय र चिल्डे«न लाईफ बोर्डिङ स्कुल ‘ख’ तृतीय भएको प्रिन्सिपल नेत्रलाल न्यौपानेले जानकारी दिए । विजयी प्रतियोगीहरुलाई मंगलबार हुने मुल समारोहमा पुरस्कार वितरण गरिने छ । विजेता विद्यालयले क्रमशः ३ हजार, २ हजार ४ सय र १ हजार आठ सय नगद सहित ट्रफि प्राप्त गर्ने छ । प्रतियोगिताका बाग्लुङ नगर पालिकाका ११ वटा विद्यालयबाट १४ समूहले सहभागिता जनाएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्मा लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य विपिन सापकोटा र संचालन विद्यालयका शिक्षक प्रदिप पन्त र बलराम कंडेलले गरेका थिए ।
Previous Articleमुटुरोग शिविरबाट ८ सय लाभान्वित
Next Article परिक्षा दिन हिडेकी छात्राको बाटोमै मृत्यु