म्याग्दी, १८ माघ/पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङमा सम्पन्न एकदिने मुटुरोग शिविरबाट ८ सय सर्वसाधारण लाभान्वित भएका छन् । काठमाडौँमा बसोबास गर्ने म्याग्देलीहरुको पहल र लगानीमा स्थापित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको १० बर्ष पुगेको अवसरमा शहिद गंगालाल राष्ट्रिय ह्दय रोग केन्द्रको प्राविधिक र जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सोमबार सम्पन्न शिविरबाट पश्चिम क्षेत्रका आधा दर्जन गाविसका सर्वसाधारण लाभाविन्त भएका हुन् । शिविरबाट दरबाङ सहित निस्कोट, विम, ताकम, देविस्थान, रुम, मुना, लुलाङ, मुदी र बाबियाचौर गाविसका सर्वसाधारण प्रत्यक्ष रुपमा लाभाविन्त बनेको आयोजकले जनाएको छ । सहकारीका प्रबन्ध निर्देशक एवं सञ्चालक समिति सचिब दीपबहादुर छन्त्यालले शिविरबाट कम्तिमा ८ सय सर्वसाधारणले आफ्नो स्वास्थ्य जाँच गरेको जानकारी दिए । मुटुरोगका केहि विरामीलाई थप उपचारका लागि काठमाडौँ जानुपर्ने देखिएको र त्यसको व्यवस्थापन सबै ह्दयरोग केन्द्रले गर्ने सचिब छन्त्यालले बताए । अधिकाँश विरामीहरुमा उच्च रक्तचाप, सुगर, ग्याष्ट्रिकको समस्या देखिएको थियो । यहि कारण मुटुमा समस्या बढ्ने हु्ँदा नियमित व्यायम, खानपिन शैलीमा परिर्वतन, धुम्रपान र मद्यपान नगर्ने जस्ता महत्वपूर्ण कुरामा ध्यान दिन सुझाब दिईएको ह्दयरोग केन्द्रका मुटुरोग विशेषज्ञ डा. रवि मल्लले जानकारी दिए । मल्ल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले बिहान ७ देखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परिक्षण गरेको जनाइएको छ । सहकारीले १० बर्ष पुगेको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको जनाएको छ । यसअघि सहकारीले म्याग्दी अस्पतालमा एक्सरे मेसिन लगायत ३ लाख रुपैयाँ बराबरको महत्वपूर्ण उपकरण हस्तान्तरण गरिसकेको बताइएको छ । सहकारीमा म्याग्दीका साविकको ४१ वटै गाविसबाट शेयर सदस्यहरुले लगानी गरेका छन् । सहकारीका लगानीकर्ता कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहकारीको माध्यमबाट सर्वसाधारण स्वास्थ्य पु¥याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा शिविर व्यवस्थापन समितिका संयोजक मुक्ति रोका, सहकारीका संस्थापक अध्यक्ष खमबीर गर्बुजा, डा. रवि मल्लले मन्तव्य व्यक्त गरेका थिए ।
Previous Articleविद्युतिकरण योजनालाई रकम सहयोग प्रदान
Next Article टेबलटेनिस प्रतियोगिता