बागलुङ, १७ माघ – शहिदको संझनामा मनाइने दिवश औपचारिकतामा सिमित भएको सरोकारवालाले गुनासो गरेका छन् । साथै नगरबासीले दिवशको दिनमा मात्र सरसफाइ गरेर फूलमाला चढाउने गरिएको पनि टिप्पणी गरेका छन् ।
राष्ट्रिय शहिद दिवशको अवसरमा आयोजित प्रभातफेरी र प्रवचन कार्यक्रमका सहभागिले शहिदको वास्तविक सम्मान हुन नसकेको गुनासो गरेका हुन् । शहिदको बलिदानले आएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न नसके उनीहरुको आत्माले सराप्ने समेत सहभागिको टिप्पणी थियो । रामरेखास्थित शहिद स्मृति पार्कमा आइतवार आयोजित प्रवचन कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेलले लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएको बताए ।
उनले निर्वाचन सफल बनाउनका लागि सबै राजनीतिक दलहरु मिल्नुको विकल्प नभएको पनि दोहो¥याए । साथै संविधान कार्यान्वयन हुन नसकेमा दशकौं लडेका र देश र जनताकै नाउमा बलिदान दिएका शहिदको रगतको अपमान हुने बताए । उनले निर्वाचन सफल बनाउनका लागि ल्याइएको संविधान संशोधनको प्रस्ताव समेत पास गरेर जानुपर्नेमा जोड दिए ।
राजनीतिक निकास नभएको खण्डमा संविधान कार्यान्वयन र निर्वाचन गर्न कठिन हुने भएकोले एमाले लगायतका दलले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । अर्का सांसद नरबहादुर थापाले शहिदको सोचेको बाटोमा देशको राजनीति हिड्न नसकेको गुनासो गरे । उनले जनताको मुक्तिका लागि जनताले गरेको बलिदानलाइ सबै मिलेर सम्मान गर्ने र उनीहरुले देखाएको बाटोमा हिड्नुपर्ने धारणा राखेका थिए ।
बागलुङ नगरपालिकाले संयोजन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, अन्तरपार्टी महिला संजालकी अध्यक्ष भविकला रोका, पत्रकार महासंघका सचिव दिल शिरिष, नगरपालिकाका योजना अधिकृत युक्त प्रसाद सुवेदी लगायतले बोलेका थिए । कार्यक्रम नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यस अघि प्रहरी, सेना, कर्मचारी र समाजसेवी सहित राजनीतिक दलका अगुवाले ¥याली सहित शहिद पार्कमा पुगेर शहिदको शालिकमा फूलमाला चढाएका थिए ।
पार्क अझै अव्यवस्थित
यसै विच २०५४ मा नगरपालिका स्थापना सूगै शुरु भइ २०५७ मा प्रारम्भिक काम सकिएको शहिद स्मृति पार्क संरक्षण अभावमा जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ । पार्कलाइ बागलुङ नगरपालिकाले जिम्मा लिएर पर्यटकीय गन्तव्य बनाउनुपर्ने मान्यता राखेपनि अझै अलपत्र अवस्थामा छ ।
एक करोड ८१ लाख ४९ हजार रुपैयाूको लागतको पार्क अझै व्यवस्थित बन्न नसकेको हो । नगरपालिकाले हरेक बर्ष पार्क व्यवस्थापनका लागि भन्दै लाखाौं बजेट भने विनियोजन गर्दै आएको छ । तर पनि अहिले सम्म पार्क व्यवस्थित बनाएर शसुल्क भ्रमण गर्ने अवस्था सिर्जना हुन नसकेको हो ।
पार्कका लागि २९ रोपनी जग्गा घेराबार लगाइ सकिएको छ । जनप्रतिनिधि नभएपछि योजनाले मूर्त रुप लिन नसकेको सरोकारवालाको भनाइ छ । शहिदका मुर्ति, भ्यु प्वाइन्ट, फन पार्क, बनभोज स्थल, खानेपानी र सार्वजनिक शौचालय समेत निर्माण गर्ने भनिएपनि कामले पूर्णता पाउन नसकेको हो ।
धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथ चन्द तथा बागलुङका शहिद थिरबम मल्लको मुर्ति निर्मित पार्कमा चिडियाखाना समेत बनाउने योजना समेत समावेश थियो । आन्तरिक श्रोत वृद्धि गर्न नसक्दा योजना कागजमा सिमित भएको नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीको भनाइ छ ।