बागलुङ, १८ माघ/नेकपा एमाले गाउँ पाटी कमिटी मालिकाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षक कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेकपा एमाले मालिका गाउँ कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले सरकार स्थानीय निकायको निर्वाचत मिति घोषण नगरेर सरकारको आयु लम्बाउने खेलमा लागेको बताएका थिए । कार्यक्रममा नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, जिल्ला कमिटी सदस्य कोपिला खरेल, पूर्वजिल्ला कमिटी उपसचिव शिव सापकोटा, क्षेत्रीय कमिटी सचिवालय सदस्य हरिप्रसाद रेग्मीले बोलेका थिए । समसामायिक राजनीतिक विषयबस्तु बारे पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्मा, जिल्ला अधिवेशन, संगठन निर्माण परिचालन लगायतको विषयमा अध्यक्ष सापकोटाले सहजिकरण गरेका थिए । गाउँ कमिटीका अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष पदमबहादुर केसी र संचालन अमर थापाले गरेका थिए ।
Previous Articleशहिदको सम्झना औपचारिक मात्रै
Next Article विद्युतिकरण योजनालाई रकम सहयोग प्रदान