बागलुङ, १७ माघ – परसम्म लगिदिन्छु भनेर मोटरसाइकलमा राखेपछि घरमा लगेर युवतीलाई जवरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७२ सालको असार ३१ गते करणी गर्ने ग्वालीचौर–२ घर भई बुर्तिवाङ बस्ने नारायण भट्टराईलाई प्रहरीले खोजी अभियानको क्रममा पक्राउ गरेको जिल्ला प्रहरीका सूचना अधिकारी अनिलकुमार खड्काले बताए । उक्त घटनादेखि भट्टराई फरार थिए ।
फरार अभियुक्तहरुको खोजी भैरहेको समयमा उनलाइ शनिवार पक्राउ गर्न सफल भएको प्रहरीले बतायो । जिल्ला प्रहरी प्रमुखमा चन्द्रकुवेर खापुङ आएपछि फरार अभियुक्तको खोजी भैरहेको थियो । अन्य घटनाका अभियुक्तपनि पक्राउ गरिने उनले बताए । फरार भएको निहुँमा गाउँघरमै बस्ने हरु पनि छन् ।
Previous Articleमालिका रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग
Next Article स्थानिय निर्वाचन