पर्वत, १६ माघ – नेकपा एमालेका सचिब पृथ्वीसुब्बा गुरुङ्गले राष्ट्रिय एकताको विपक्षमा एमाले कहिलैपनि नलाग्ने बताए । पर्वतको प्रसिद्ध पर्यटकीय गाउँ चित्रेमा आयोजित नेकपा एमालेको प्रदेश नम्वर ४ को बैठकलाई सवोधन गर्दै गुरुङले मुलुकलाई विखण्डन गर्ने गरी ल्याईएको संविधान संशोधन कुनैपनि अवस्थामा पारित हुन नदिने ठोकुवा गरे ।
उनले भने–’छिमेकीको इशारामा ल्याएको संशोधन प्रस्तावले मुलुकको हित गर्दैन र मुलुकमा राष्ट्रिय एकता कायम हुन सक्दैन ।’ नेकपा एमाले जहिलेपनि राष्ट्रिय एकताको पक्षमा रहेको बताउँदै एमालले संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताए । एमाले रोएर बस्दैन बरु हासिहासि मर्न तयार छ सचिब गुरुङ्गले भने एमालेप्रतिको जनमतको छटपटाहटदे माअोवादी र काँग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको दावि गरे ।
नेता गुरुङ्गले नेपाली काँग्रेस भारतले गठन गरेको पार्टी भएको संज्ञा दिँदै माओवादिलाई बुई बोकेर हिड्दा कुन दिन खाल्टोमा जाकिने हो भन्ने त्रास हुन थालेको बताए । उनले संविधानको पक्षमा नलागि निर्वाचन गराउनतर्फ केन्द्रित हुन काँग्रेसलाई आग्रह गरे । सत्ता पक्षले जनमत संग्रहसहित मुलुकलाई विखण्डन गर्न खोजेको बताउँदै त्यसको मतियार प्रधानमन्त्री प्रचण्ड समेत बनेको बताए ।
गुरुङ्गले आगामी माघ ७ भित्र स्थानिय चुनाव गर्न नसके मुलुक गम्भिर दुर्घटनामा फस्ने बताउँदै मुलुका प्रमुख दुई शक्तिलाई माओवादीले रिगाउँन खोजेको र कुनैपनि अवस्थामा चुनाव नगर्ने पक्षमा माओवादी लागेको आरोप लगाए ।
कार्यक्रममा नेकपा एमालेका स्थायि समिति सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङ्गले प्रदेश नम्वर ४ सामथ्र्य र पहिचानको दृष्टिकोणले सवैभन्दा बलियो बन्ने बताऐ । उनले अबको निर्वाचनहरुबाट एमाले पहिलो शक्ति बन्ने निश्चित भएको बताउँदै त्यसपछि मात्र मुलुकको भविष्य उज्ज्वल हुने दावी गरे ।
वैठकमा एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्वर ४ का सहइन्चार्ज गणेश तिमिल्सिनाले नयाँ संविधान निर्माण सँगै मुलुकमा राजनीतिक क्रान्तिको अन्त्य भएको बताउँदै अब संविधानको कार्यान्वयन सँगै आर्थिक समृद्धितर्फ लाग्नुपर्ने बेला आएको बताए । उनले संविधान कार्यान्वयनको पक्षमै काँग्रेस र माओवादि नदेखिएको बताउँदै सत्तामा बसेर विपक्षीलाई गाली गर्दै दिन कटाउने गरेको आरोप समेत लगाए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ५० जना कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । प्रदेश संयोजक किरण गुरुङ्गको अध्यक्षतामा बसेको बैठकमा स्वागत नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी र संचालन प्रदेश कमिटि सचिब जगत विश्वकर्माले गरेका थिए । प्रदेश कमिटिको वैठक भोलिसम्म चल्ने छ । वैठकले महत्वपुर्ण निर्णय गर्ने बताइएको छ ।
Previous Articleत्रिविले स्ववियु निर्वाचनको आचारसंहिता जारी गर्यो
Next Article २०७३ माघ १७ गते सोमबारको राशिफल