बागलुङ, १६ माघ/ जनता संचार सहकारी संस्था लिमिटेड बागलुङको शनिबार सम्पन्न छैटौं साधारणसभाले पुनः हिमाल शर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा हरिनारायण गौतम, सचिवमा राजेशचन्द्र राजभण्डारी, सहसचिवमा तुलसीराम सापकोटा र कोषाध्यक्षमा राजु केसी रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी बाँस्कोटा, निरज शाक्य, काजीगाउँले श्रेष्ठ, प्रेम बहादुर केसी, नेत्रनाथ उपाध्याय, यमुना शर्मा, गोविन्द गौतम, राजेश शर्मा, भरत शर्मा र केदार शर्मा रहेका छन् । यस्तै साधारणसभाले राजेश श्रेष्ठको संयोजक्तवमा ३ सदस्य लेखा समिति चयन गरेको छ । समितिको सदस्यहरुमा सुर्य बहादुर महत र विरेन्द्रराज शर्मा रहेका छन् ।साधारणसभाको उद्घाटनपछि बोल्दै सहकारीका सल्लाहकार मुरारीदत्त शर्माले संस्थालाई मजबुत बनाउनको लागि संस्थाका सम्पूर्ण शेयर सदस्यहरुले संस्थामै गई कारोबार गर्नुपर्ने बताएका थिए । कार्यक्रममा सहकारीका शेयर सदस्य जनक पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । १९५ जना शेयर सदस्य रहेको सहकारीको आर्थिक वर्ष २०७२÷०७३ सम्म ९४ लाख ७० हजार ४ सय शेयर पूँजी रहेको छ । सहकारीले आ.व. २०७२÷०७३ मा कुल आम्दानी २९ लाख ९८ हजार २ सय ८७ रुपैयाँ रहेको र कुल खर्च २८ लाख १६ हजार ९० रुपैयाँ भई खुद नाफा १ लाख ८२ हजार १ सय ९७ रुपैयाँ गरेको सहकारीका कोषाध्यक्ष राजु केसीले जानकारी गराएका थिए । उक्त अवसरमा संस्थाका सचिव मुकेशचन्द्र राजभण्डारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको उद्घाटसत्रमा स्वागत उपाध्यक्ष हरिनारायण गौतमले गरेका थिएभने संचालन सचिव मुकेशचन्द्र राजभण्डारीले गरेका थिए । संस्थाले नयाँ संचालक समिति चयन गर्नेछ ।
Previous Articleज्येष्ठ नागरिकको लागि दिवा सेवा केन्द्र
Next Article गाँस छोड्नु तर साथ नछोड्नु !