बागलुङ, १६ माघ/जेष्ठका नागरिकको लागि शनिबारदेखि बागलुङ नगरपालिकाका जेष्ठ नागरिकहरुको लागि राधाकृष्ण मन्दिरमा दिवा सेवा केन्द्र स्थापना गरेको छ । बागलुङ नगरपालिका कार्यालयको सहयोगमा स्थापना गरिएको दिवा सेवा केन्द्रको शनिबार प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले उदघाटन गरे । उद्घाटनपछि बोल्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले दिवा सेवा केन्द्रबाट जेष्ठ नागरिकहरुले आफ्नो दैनिकीलाई सहज रुपमा प्रयोग गर्न सकने बताएका थिए । उनले आगामी दिनमा जेष्ठ नागरिकलाई सम्मान गर्नेपर्ने बताए । उनले दिवा सेवा केन्द्रले वृद्धवृद्धाहरुलाई स्वस्थ रहनको लागि सहयोग पुग्ने बताए । उक्त अवसरमा बागलुङ नगरपालिका कार्यालयका निमित्त प्रमुख युक्तप्रसाद सुवेदी, जेष्ठ नागरिक जिल्ला संघका सल्लाहकार लालचन्द्र राजभण्डारी, धौलागिरी बस व्यवसायी समितिका महासचिव उमेश केसी, महिला तथा बालबालिका कार्यालयकी रोशनी आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा धवलागिरी बस व्यवसायी समितिद्वारा रोडवेज सुपर डिलक्स एसी गाडीमा जेष्ठ नागरिकहरुले यात्रा गर्दा ५० प्रतिशत छुट गराएकोमा समितिलाई संघले सम्मान गरेको थियो । ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन सचिव हरिप्रसाद उपाध्यायले गरेका थिए ।
Previous Articleसंविधान कार्यान्वयनमा जोड
Next Article जनता संचारको अध्यक्षमा पुनः शर्मा